शोभाको राष्ट्रिय गीत सार्वजनिक


काठमाडौं– गीतकार शोभा केसीको राष्ट्रिय गीत ‘नेपाललाई माया गरौँ’ सार्वजनिक भएको छ । राजधानीमा एक समारोहबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।
साहित्यकार भद्रा घलेको आतिथ्यतामा भएको गीत सार्वजनिक कार्यक्रममा गीतकार संघका अध्यक्ष चुण्डामणि देवकोटा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रवीन्द्र खडका, निर्देशक तथा कलाकार लय संग्रौलालगायतले गीत सार्वजनिक गरेका थिए ।
आनन्द कार्की र विमला राईको स्वर रहेको गीतको भिडियोलाई मन्जिल श्रेष्ठले निर्देशन गरेका छन् । गीतको भिडियोमा विभिन्न देश विदेशमा बस्ने वरिष्ठ कलाकारदेखि समाजमा योगदान पुर्‍याएका व्यक्तित्वहरूको अभिनय रहेको छ ।
कार्यक्रममा स्रष्टा समाजका अध्यक्ष विधान आचार्य, वरिष्ठ कलाकार कृष्ण मल्ल, सर्मिला मल्ल, अनेसास नेपाल च्याप्टर उपाध्यक्ष गीता मैनाली, गायक आन्नद कार्की, सीताराम पोखरेल, गायिका विमला राई, कलाकार उत्तम केसी, चेत राजा संगीतकार सन्तोष श्रेष्ठ, सागर अधिकारी ‘शरद’, नरहरि प्रेमी, हेम प्रभास, सरोज प्याकुरेल, राम सिटौला, गायिका देवीका वन्दना, विमला राई, मेलमिलाप अभियन्ता केशवप्रसाद चौलागाईं, साहित्यकार खेमनाथ दाहाल, दामोदर न्यौपाने, लेखनाथ पोखरेललगायतको उपस्थिति रहेको थियो ।

Published On: Time : 6:44:58  

तपाईको प्रतिक्रिया