देवकुमार र मेलिनाको तिमी पहरा


काठमाडौं– ई.देवकुमार तामाङ र मेलिना राईको तिमी पहरा सार्वजनिक भएको छ । वरिष्ठ गीतकार टेकबहादुर तामाङको शब्द ‘तिमी पहरा…’ लाई गायक तामाङले गाएका हुन् । उनलाई गायिका मेलिना राईले साथ दिएकी छिन् । यस गीतमा संगीतकार कन्काइस्ट राईले संगीत गरेका छन् भने सहास शाक्यले संगीत संयोजन गरेका हुन् ।
यस गीतको भिडियोमा नम्रता श्रेष्ठ र कुन्साङ तामाङले अभिनय गरेका छन् । निकेश खड्काको निर्देशनमा बनेको भिडियो बुद्ध थापाले छायांकन र बिकाश धमलाले सम्पादन गरेका हुन् ।
सुगम संगीतमा आएको यस गीतले प्रेममा समर्पण देखाइएको छ । प्रेमिकाले प्रेमीलाई तिमी पहरा भए म लहरा भई त्यसैमा लहराउन पाइरहुँ भनेका छन् । अनि कुन्साङले नम्रतालाई सितल जुन र सुन्दर फूल देखेका छन् । अनि नम्रताले आफू चौतारीको पिपल सम्झँदै प्रेमीलाई भरपर्दो वर हो भनेकी छिन् । प्रेमी प्रेमिका नै विदेश अध्ययनमा जाने तयारीमा रहँदा प्रेमिकाको भिषा नलागेपछिको कथालाई प्रेमिल भावमा बुनेको छ । यसैले त कसिलो प्रेममा दुवैको मुटु भरिसकेकोले जिन्दगीभर सँगसँगै अघि बढ्ने भाव व्यक्त गरिएको छ, गीतमा ।
काभ्रे जिल्लाको बनेपा नगरपालिकास्थित बासडोल निवासी गायक तामाङले यसअघि न त आँखा थाक्छन् कहिल्यै, अब पक्कै, जहाँ जहाँ बिझे पनि, कति कुरा यहाँ र ङान्नामी बासडोल नामसारी (स्थानीय टिपिकल तामाङ जुहारी) गाइसकेका छन् ।

Published On: Time : 7:09:14  

तपाईको प्रतिक्रिया