नेपाल र इङ्ल्यान्डबिच तय भएको मैत्रीपूर्ण खेल स्थगित


काठमाडौं – नेपालको राष्ट्रिय फुटबल टोली र इङ्ल्यान्डको राष्ट्रिय फुटबल टोली ‘सी’ बीच तय भएको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार आगामी जेठ १२ गते इङ्ल्यान्डमा खेलिने तय भएको मैत्रीपूर्ण खेल कोरोना भाइरसका कारण तत्कालका लागि स्थगित गरिएको हो । एन्फाले बुधबार निकालेको प्रेश विज्ञप्तिका अनुसार अर्को मिति तय नभएसम्म मैत्रीपूर्ण खेल स्थगित गरेको उल्लेख गरिएको छ । एन्फा र इङ्ल्यान्ड फुटबल संघबीच दुई वटा मैत्रीपूर्ण खेलको लागि भएको सम्झौतामा होम एन्ड अवेका आधारमा खेलिन लागिएको स्थगित पहिलो खेल इङ्ल्यान्डमा र दोस्रो खेल नेपालमा सन् २०२१ मा खेलिने तय भएको थियो ।

Published On: Time : 8:42:31  

तपाईको प्रतिक्रिया