शोसल मिडियामा हिट फराह


काठमाडौं– पछिल्लो समय बलिउड अभिनेत्री तथा मोडल फराह काडर शोसल मिडियामा हिट छिन् । सन् २०१६ मा पहिलोपटक फिल्म ‘प्रोजेक्ट मराठवाडा’मा देखिएकी यी अभिनेत्री आफ्नो सुन्दरता र ‘बोल्ड’ तस्बिरका कारण चर्चामा आएकी हुन् । अभिनेत्री फराह आफ्नो पहिलो अभिनीत फिल्म ‘प्रोजेक्ट मराठवाडा’बाटै बलिउडमा चर्चामा आएकी थिइन् । जुन फिल्म किसान आत्महत्यामा आधारित थियो ।
अभिनेत्री फराह पछिल्लो समय थ्रिलर फिल्म ‘भूत कहानी’मा देखिएको थिइन् । तर, त्यसपछि उनी मोडलिङमै सिमित हुँदै आएकी छन् । अहिले चाहिँ उनी इन्स्टाग्राममा अपलोड गरेका आफ्ना बोल्ड तस्विरका कारण चर्चा आएकी हुन् । अभिनेत्री फराहले बलिउडमा आफ्नो बोल्ड अवतारकै कारण प्रशंसकलाई प्रभावित समेत पार्न सफल हुँदै आएकी छन् । उनी प्रायजसो फोटोशुटबाटै चर्चामा आएकी हुन्छिन् ।
पछिल्लोपटक फराहका बोल्ड तस्बिरहरू भारतीय पत्रिका ‘द टाइम्स अफ इण्डिया’ले आफ्नो अनलाइन संस्करणमा प्रकाशित गरेको छ । उक्त पत्रिकाले ‘इन्टरनेटमा फराहको तहल्का’ भन्दै एक दर्जन तस्बिरहरू प्रकाशित गरेको छ । प्रकाशित उनका तस्बिरहरू निकै बोल्ड छन् । यी बोल्ड अभिनेत्री अभिनयबाहेक मोडलिङमा रुचि राख्छिन् । उनले भनेकी छन्, ‘फेसन मेरो लागि रुचि र सौखभित्रको कुरा हो ।’ एक समय यी अभिनेत्री सेलिब्रेटीमाझ लोकप्रिय अभियान ‘मि–टु’ आन्दोलनलाई साथ दिँदै यौन उत्पीडनबिरुद्ध अपिल गरेकी थिइन् । त्यसपछि उनी झनै चर्चामा आएकी हुन् ।

Published On: Time : 6:51:07  

तपाईको प्रतिक्रिया