सिनेमा हल बन्द गर्ने निर्णय


काठमाडौं– सरकारले सिनेमा हलहरू बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वव्यापि रूपमै फैलदै गएपछि त्यसको खतरालाई ध्यानमा राख्दै सिनेमा हल बन्द गर्ने निर्णय गरेको हो ।
बुधबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षता कोरोना भाइरसको संक्रमणबाट सावधानी अपनाउने बारे बसेको बैठकले सिनेमा हलसँगै डान्सबार, क्लव, जिमखानालगायतलाई पनि बन्द गर्ने निर्णय गरेको छ । साथै, २५ जनाभन्दा बढी भेला हुने कार्यक्रम नगर्न समेत सरकारले अनुरोध गरेको छ । सिनेमा हल बन्द गर्दा प्रत्यक्ष असर हल व्यवसायीमाथि पर्ने देखिएको छ । करिब डेढ महिनासम्म हल बन्द हुँदा फिल्मी क्षेत्रमा अर्थतन्त्रमा ठुलो असर पर्ने देखिन्छ । तर, सरकारको निर्णयप्रति सिनेमा हल व्यवसायीहरू सकारात्मक देखिएका छन् ।
क्युएफएक्स सिनेमा हलका मेनेजर उमेश गिरीले सरकारको निर्णय स्वागत योग्य भएका बताएका छन् । उनले आमजनताको स्वास्थ्यप्रति देखाइएको सरकारको चासोलाई सर्हानिय भएको बताए ।
त्यस्तै, चलचित्र वितरण गोपाल काजी कायस्थले पनि सरकारको निर्णय स्वागत योग्य भएको बताउँदै आफ्नो पनि ऐक्यबद्धता रहेको बताए । यस्तै, विग मुभिजका सीईओ दिपेश शर्माले सरकारको औपचारिक जानकारीपश्चात हल बन्द गर्ने बताए ।

Published On: Time : 6:55:03  

तपाईको प्रतिक्रिया