सनराइज बैंक र ओलिज स्टोरबीच सम्झौता


काठमाडौं– सन्राइज बैंक र ओलिज स्टोर प्रा.लि.बीच सम्झौता भएको छ । सम्झौता अनुसार सन्राइज बैंकका ग्राहकहरूले आफ्नो क्रेडिट कार्ड प्रयोग गरि नेपालको आधिकारीक विक्रेता ओलिज प्रा.लिबाट आइफोन र वान प्लस ब्राण्डका मोबाइल साथै म्याक बुकलगायतका विद्युतिय उपकरणहरू शून्य प्रतिशत ब्याजदरको किस्तामा किन्न सक्नेछन् । ग्राहकहरूले उक्त किस्ता ६ र १२ महिनाको अवधिमा सरल रूपमा तिर्न सक्ने जनाइएको छ ।

Published On: Time : 6:40:12  

तपाईको प्रतिक्रिया