नेपाल बैंगलादेश बैंकद्वारा महेन्द्र आदर्श माविलाई सहयोग


ललितपुर – नेपाल बंगलादेश बैंकले ललितपुर महानगरपालिका–४ इमाडोलस्थित महेन्द्र आदर्श माध्यमिक विद्यालयलाई सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बैंकले उक्त विद्यालयलाई रु ५००००।– रूपैयाँ सहयोग गरेको जनाइएको छ । विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचनाबोर्ड जुटाउनका लागि बैंकले सो रकम उपलब्ध गराएको विद्यालयका प्रधानाध्यापक एक बहादुर भण्डारीले जानकारी बताए । यसका साथै बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै आफ्नो उच्च प्राथमिकतामा राख्दै आएको जानकारी गराएको छ । बैंकले बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकोले उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरूको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने बैंकको लक्ष्य रहेको जनाएको छ ।

Published On: Time : 6:46:20  

तपाईको प्रतिक्रिया