मनकामना केबलकार बन्द हुने


चितवन — मनकामना दर्शन प्रा.लि.ले सञ्चालन गर्दै आएको गोरखाको मनकामना मन्दिर जानका लागि प्रयोग हुने केबलकार सेवा बन्द हुने भएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिमा आउँदो शनिबारदेखि चैत ३० गतेसम्मका लागि केबलकार सेवा बन्द हुने जनाइएको छ ।
विज्ञप्तिमा कम्पनीले विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसलाई दृष्टिगत गर्दै स्वास्थ नै सर्वोपरि हो भन्ने व्यवसायिक सामाजिक उदरदायित्व महशुस गर्दै कोरोना भाइरसको संक्रमण फैलिन नदिई थप सहयोग पुगोस भन्ने हेतुले मनकामना दर्शन प्रा.लि.ले सञ्चालन गर्दै आएको मनकामना केवलकार आउँदो चैत ८ गते शनिबारदेखि चैत्र ३० गतेसम्मको लागि केवलकार सेवा बन्द गर्ने निर्णय गरिएको बताएको छ ।

Published On: Time : 6:54:29  

तपाईको प्रतिक्रिया