कोरोना कहर : बेलायतका प्रधानमन्त्री जोनसन अस्पताल भर्ना

लण्डन, २४ चैत (एजेन्सी) । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन आइतवार साँझ अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएको १० दिनसम्म उनी घरमै क्वारेन्टाइनमा बस्दै आएका थिए ।
कोरोनाको लक्षणहरू उस्तै रहेको र तापक्रम पनि रहेकाले लन्डनस्थित अस्पतालमा र्पुयाइएको त्यहाँको सञ्चारमाध्यमले जनाएका छन् । सावधानीको रुपमा यो कदम चालिएको बताइएको छ । तर, हाल उनको अवस्था सामान्य रहेको सोमबार बताइएको छ ।
कोरोना भाइरसको संक्रमण देखिएको १० दिन बितिसक्दा पनि प्रधानमन्त्रीलाई लक्षणहरू निरन्तर उस्तै देखिएकोले यो कदम सावधानीका रुपमा चालिएको उनका चिकित्सकले बताएका छन् ।

Published On: Time : 9:43:59  

तपाईको प्रतिक्रिया