कोरोना संक्रमित बढ्दै, काठमाडौंमा थप एक जना संक्रमित


काठमाडौं– केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । बिहीबार बिहानै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अध्यावधिक गरेको तथ्यांकले थप दुई जनामा संक्रमण पुष्टि भएको जनाएपछि संक्रमितको संख्या बढेको संकेत मिलेको हो ।
मन्त्रालयका अनुसार काठमाडौं र कपिलवस्तुमा थप दुई जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं चन्द्रागिरी निवासी ३२ वर्षीय पुरुष र कपिलवस्तु निवासी ६ वर्षीया बालिकामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सरकारले लकडाउन घोषणा गरेको भए पनि खासगरी गृहमन्त्रालय अन्तर्गतका निकायहरुले पहुँचको भरमा सवारी पास वितरण गरेपछि काठमाडौंबाहिरबाट मानिस ओइरिन थालेपछि काठमाडौंमा नै कोरोना संक्रमितको संख्या बढ्न थालेको हो ।
मन्त्रालयले जारी गरेको विज्ञप्तिका अनुसार हाल दुबैको स्वास्थ्य अवस्था सामान्य छ र उनीहरु चिकित्सकको सम्पर्कमा रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ सय ४५ पुगेको मन्त्रालयले जनाएको छ ।

Published On: Time : 2:29:36  

तपाईको प्रतिक्रिया