थप ९ जनामा कोरोना संक्रमणको पुष्टि


काठमाडौं– नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिरकुमार अधिकारीद्वारा जारी गरिएको विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण देखिएको हो ।
सह–प्रवक्ता डा.अधिकारीका अनुसार मकवानपुर निवासी ३७ वर्षीय पुरुष र बाँके नैनापुर १, ३ र ५ नम्बर वडाका ८ जनामा कोरोना देखिएको छ भने बाँके नैनापुर १, ३ र ५ निवासी १८, २०, २२, २५,२५ ,२७, ३२ र ३६ वर्षीय पुरुषहरु रहेका छन् । ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमित संख्या २५८ पुगेको छ । मन्त्रालयले हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको जनाएको छ ।

Published On: Time : 3:50:23  

तपाईको प्रतिक्रिया