श्रम सूचना बैंक स्थापना गर्न सुझाव


काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक (सूचना) बैंक तथा श्रम बैंक स्थापना गर्ने भएको छ । बिहीबार मन्त्रालयद्वारा गठित कार्यदलले तयार पारिएको बैंक स्थापनासम्बन्धि प्रतिवेदन ग्रहण गर्दै मन्त्री रामेश्वर राय यादवले बैंक स्थापना गरिने बताएका हुन् ।
मन्त्री यादवले अध्ययन प्रतिवेदन ग्रहण गर्दै राज्यभर विभिन्न क्षेत्र, पेसा वा व्यवसायमा संलग्न हुन चाहने वा हाल कार्यरत श्रमिकको विवरण तथा वैदेशिक रोजगारीमा गएका वा फर्किएका जनशक्तिमा रहेको सीप तथा योग्यताको समेत अद्यावधिक विवरणहरू समेत समेटी श्रमिक बैंकको अवधारणालाई संस्थागत गरिने बताए । उनले यो पहलकदमीको स्वागत गर्दै श्रमिकको आधारभूत विवरणहरू पहिचान हुने गरी सरकारका विभिन्न निकायसँग रहेका विवरणहरूलाई समेटी जनशक्ति योजनाका लागि एकीकृत स्वरूपमा श्रमिक बैंकको स्थापना गरिने बताए ।
कार्यदलले श्रमिक बैंक तथा श्रम बैंक स्थापनाका आधारभूत विषयहरू समावेश गरी अवधारणा सहितको प्रतिवेदन तयार गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ, ‘श्रम बजारमा प्रवेश गर्ने श्रम शक्तिको योग्यता, ज्ञान, सीप, दक्षता तथा अनुभवको लेखाङ्कन गरी कुन क्षेत्रमा रोजगार वा स्वरोजगारमा रहेका छन् भन्ने अत्यावश्यक विवरण सूचना प्रविधिमा आवद्ध गरी श्रमिक र रोजगारीको क्षेत्र सम्बन्धि विस्तृत सूचना रहने श्रमिक (सूचना) बैंक स्थापना गर्नु उपयुक्त हुने सिफारिस भएको छ ।’
श्रमिक बैंक स्थापनाले भविष्यमा श्रम बजारमा श्रमिकहरूको संलग्नस“गै अवसर उपायोग हुने प्रस्ताव प्रतिवेदनमा उल्लेख छ ।

Published On: Time : 6:23:30  

तपाईको प्रतिक्रिया