नेकपाको सचिवालय बैठक पुनः स्थगित

g]skf ;lrjfnosf] a}7s
g]kfn sDo’lgi6 kf6L{ -g]skf_ ;lrjfnosf] t];|f] a}7s k|wfgdGqL tyf kf6L cWoIf s]kL zdf{ cf]nL tyf k’iksdn bfxfn k|r08sf] cWoIftdf a’waf/ ljxfg k|wfgdGqL lgjf; afn’jf6f/df a:b} . tl:a/ M k|bLk/fh jGt, /f;;

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक पुनः स्थगित भएको छ ।
अमेरिकी सहयोग परियोजना (एमसिसी)बारे निर्णय गर्न आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्न ४ बजे बोलाइएको बैठक एक घन्टाअगाडि आकस्मिक बैठक स्थगित गरिएको हो ।
आकस्मिक काम परेकाले बैठक स्थगित भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए । बैठक स्थगित हुनुअगाडि अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल र महासचिव पौडेलबीच छलफल भएको थियो । आइतबारको बैठकमा सचिवालय सदस्यबाहेक एमसिसी अध्ययन कार्यदलका सदस्य भीम रावल, प्रदीप ज्ञवाली र अर्थमन्त्री डा.युवराज खतिवडालाई समेत निम्त्याइएको थियो ।
संसदको यही अधिवेशनबाट एमसिसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउनुपर्ने सन्दर्भमा एमसिसीकै बारेमा निर्णय गर्न बोलाइएको नेकपा सचिवालय बैठक दोस्रोपटक स्थगित भएसँगै अव एमसिसी के हुन्छ भन्ने अन्योलता बढेको छ । संसदको यही अधिवेशनमा पारित गर्नुपर्ने एमसिसी नेकपाको यसै विषयमा निर्णय गर्न डाकिएको बैठक स्थगित हुँदा एमसिसीबारे अन्योलता बढेको हो ।
एमसिसीको विषय संसदमा टेवुल भइसकेको छ । तर, सत्तारुढ नेकपाभित्रै र बाहिर यसबारेमा चर्को विरोध र विवाद हुँदै गएपछि अहिले संसदबाट पारित हुन सकेको छैन, जुन संसदमा विचाराधीन छ । नेकपाका एक अध्यक्ष तथा प्रधानन्त्री ओली जसरी भए पनि संसदबाट पास गरेरै छाड्ने अडान लिँदै आएका थिए ।
पछिल्लो समय भने उनै प्रधानमन्त्री ओली पनि एमसिसी पास गर्नु पर्छ भन्ने विषयमा नरम बन्दै गएको र एमसिसीको सन्दर्भमा उनी पक्ष वा विपक्षमा नउभिने रणनीतिमा भएको ओलीनिकटहरू बताउँछन् । नेकपाभित्र एमसिसीको विवाद पेचिलो बन्दै जाँदा र आफ्नो सत्ता र सरकारमाथि संकटको आभाष पाइसकेपछि उनी पछिल्लो समय एमसिसीकै पक्षमा अडान नलिने सोचमा देखिएका छन् ।
सत्तारुढ नेकपाभित्र पनि एमसिसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसिसी अध्ययन तथा सुझाव कार्यदलले एमसिसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिइसकेको छ । एमसिसी सुझाव कार्यदलका सदस्य भीम रावल त कुनै हालतमा एमसिसी पास गर्न नहुने पक्षमा उभिँदै आएका छन् । एमसिसी राष्ट्रघाती रहेको उनको ठहर छ ।
नेकपाका अर्का अध्यक्ष दाहाल भने एमसिसी यथास्थितिमा पास गर्नु हुँदैन भन्ने पक्षमा देखिन्छन् । दाहालसहितका नेताहरू कार्यदलको प्रतिवेदनका आधारमा परिमार्जन भएमात्र पारित हुनुपर्ने पक्षमा छन् । एमसिसी सम्झौताका कतिपय प्रावधान नेपालको राष्ट्रियहित प्रतिकूल हुने निष्कर्ष कार्यदलको प्रतिवेदनमा छ ।
त्यस्तै एमसिसी, आइपिएस (इन्डोप्यासिफिक स्ट्राटेजी) अन्तर्गत हो भन्ने पनि कार्यदलको निष्कर्ष छ । यो कुरा सहयोगदाता स्वयं अमेरिकाले पनि स्पष्ट पारिसकेको हुनाले जस्ताको त्यस्तै एमसिसी पास गर्न नहुने बहुमत सचिवालय सदस्यहरूको धारणा छ । एमसिसी सुझाव कार्यदलले पनि उही सुझाव पार्टीमा पेस गरिसकेको अवस्था छ । राष्ट्रिय सार्वभौमिकता र राष्ट्रिय हितलाई मध्येनजर गरेर मात्र कुनै पनि अन्तर्राष्ट्रिय सहयोग लिनुपर्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

Published On: Time : 7:35:56  

तपाईको प्रतिक्रिया