आफ्ना चार सांसदसँग नेकपाले माग्योे स्पष्टीकरण

काठमाडौंं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले गत शनिबारको प्रतिनिधि सभामा अनुपस्थित आफ्ना ४ सांसदस“ग स्पष्टीकरण मागेको छ । निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा समेट्ने गरी संविधान संशोधनका लागि प्रतिनिधि सभामा भएको मतदानमा अनुपस्थित भएका आफ्ना दलका ४ सांसदलाई मंगलबार पत्र पठाउ“दै नेकपा संसदीय दलका मुख्य सचेतक देव गुरुङले ५ दिनभित्र लिखित स्पष्टीकरण दिन माग गरेका हुन् ।
संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न दलले ह्विप जारी गरेकोमा बिनापूर्वसूचना संविधान संशोधनको मतदान प्रक्रियामा सहभागी नभएकाले, दलको विधानअनुसार कारण उल्लेख गरेर पत्र पाएको ५ दिनभित्र लिखित स्पष्टीकरण दिन दलका सांसदलाई नेकपा मुख्य सचेतक गुरुङले काटेको पत्रमा निर्देशन दिइएको छ ।
नेकपाका हरिबोल गजुरेल, धनबहादुर बुढा, गोपाल बम र शिवकुमार मण्डल ३२ जेठमा संविधान संशोधन विधेयक पारित गर्ने बेला अनुपस्थित थिए । संविधान संशोधनजस्तो विधेयक पारित गर्ने बेला अनुपस्थित भएका सांसदहरूलाई दलको विधानअनुसार स्पष्टीकरण सोधिएको हो ।
नेकपाका केही सांसदले दललाई जानकारी दिएरै स्वास्थ्यका कारण अनुपस्थित भएको विषयमा स्पष्टीकरण सोधिएको भन्दै असन्तुष्टी जनाएका छन् । सोही दिन नेकपा सांसद हरिबोल गजुरेल ट्वाइेटमा लडेर घाइते भएको समाचार आएको थियो । सरकारले ल्याएको सविधान संशोधनको पक्षमा उपस्थित सांसदहरूबाट सतप्रतिशत मत खसेको थियो । शनिबारको प्रतिनिधि सभामा उपस्थित २ सय ५८ सांसद सबैले संशोधनको पक्षमा आफ्नो मत दिएका थिए ।
संविधान संशोधन विधेयक सर्वसम्मतिले पारित भएको दिन नेकपामा चारसहित कांग्रसका नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल अनुपस्थित थिए भने जजनता समाजवादी पार्टीका अमृता अग्रहरि, दुलारीदेवी खत्वे र प्रमोद साह अनुपस्थित थिए ।
जसपाकी सरिता गिरीले विपक्षमा संशोधन प्रस्ताव गर्दै सरकारले ल्याएको संशोधन प्रस्ताव बहिष्कार गरेकी थिइन् । उनलाई जसपाले पार्टी र सांसद दुवै पदबाट हटाएर कारबाही गरिसकेको छ ।

Published On: Time : 6:30:13  

तपाईको प्रतिक्रिया