नाट्य लेखनको विधि

प्रवीण पुमा
१. परिचय
नाट्य लेखन विधि भनेको नाट्य लेखनको तौरतरिका हो । यसले नाट्य लेखनमा सहजता ल्याउ“छ । यसमा नाट्य लेखनको प्रारम्भदेखि नाट्य अन्त्यसम्मका कार्यहरू गरिन्छ । यसलाई नाट्यलेखकले लेख्छ । नाट्यलेखककै विचारमा नाटक लेखिन्छ । यसलाई नाट्यलेखकले नियन्त्रण गर्छ । नाट्य लेखनको बिधिहरूमा विविधता पाइन्छ । तथापि नाट्य लेखनका लागि नाट्य घृढ इच्छा, नाट्य विषय छनोट, नाट्य संरचना निर्माण, नाट्य लेखन, नाट्य पुनर्लेखन, नाट्य सम्पादन, नाट्य प्रकाशन र नाट्य समीक्षा आदि प्रमुख विधि हुन् । यी नै विधिहरूको आधारमा नाट्य लेखन गरिन्छ ।

१.१. नाट्य दृढइच्छाः
नाट्य दृढ इच्छा भनेको नाट्यकारिताप्रतिको नाट्य इच्छा हो । नाट्य लेखनका लागि नाट्य दृढ इच्छा चाहिन्छ । त्यो दृढताले नाट्य लेखन गर्न सकिन्छ, नत्र कुनै पनि बेलामा नाट्य लेखन अघुरो हुन सक्छ । नाट्य लेखनको अवधिमा विभिन्न समस्याहरू आउ“छन् । त्यसलाई चिरेर जानु पर्छ । दृढ इच्छा शक्ति छैन भने नाट्य लेखन नै सम्भव हु“दैन । अतः नाट्य इच्छा भएपछि मात्रै नाट्य लेखनको नाट्य विषय छनोट गरिन्छ ।
१.२. नाट्य छनोटः
नाट्य छनोट भनेको नाट्य विषयको छनोट हो । यसमा नाट्य विषयको खोजी गरिन्छ । नाट्य लेखनको नाट्य विषयको छनोट गरिन्छ, विषय खोजिन्छ । उद्देश्य अनुसारको विषय पाएपछि त्यो विषयको अध्ययन गरिन्छ, अनुसन्धान गरिन्छ । त्यो विषयमा भएका तथ्यहरूको प्रमाणीकरण गरिन्छ । त्यो विषयभित्र सूक्ष्म अध्ययन गरिन्छ, विषयभित्र पसिन्छ । शंका लागेको विषयमा थप अनुसन्धान गरिन्छ । त्यसको तथ्य जुटाइन्छ, त्यसलाई पुनः प्रमाणीकरण गरिन्छ । तथ्य प्रमाणीकरण भएपछि सोही अनुसारको नाट्य संरचना निर्माण गरिन्छ ।

१.३. नाट्य संरचना निर्माणः
नाट्य संरचना निर्माण भनेको नाट्य संरचनाको अवधारण हो । यसमा नाट्य संरचनाको निर्माण गरिन्छ । यसले नाट्य सिद्धान्त निर्माण गर्छ । यसका लागि नाट्य घटनाको खोजिन्छ । खोजिएका नाट्य घटनाहरू मध्येबाट उपयुक्त नाट्य घटना चयन गरिन्छ । यो नाट्य घटनामा समान नाट्य दृष्यहरू हुनु पर्छ । असमानता नाट्य दृष्यहरू चयन गरिन्दैन, गरिएको त्यो नाट्य दृष्यहरू नाट्य प्रस्तुतिमा वनावटीपन देखिन्छ । नाट्य संरचनाको निर्माणमा नाट्य लेखकले स्वविवेक प्रयोग गर्छ । यसले नाट्य स्वरूप देखाउ“छ । यसले नाट्य लेखनलाई मार्ग निर्देश गर्छ । नाट्य संरचनाको निर्माणपछि नाट्य लेखन गरिन्छ ।

१.४. नाट्य लेखनः
नाट्य लेखन भनेको नाट्य अभिलेखीकरण हो । यसमा नाट्य लेखनकार्य चाहिन्छ । नाट्य लेखनका लागि पहिला नाट्य घटना तयार पारिन्छ । त्यो नाट्य घटनाको गहिराइमा डुबेर अध्ययन गरिन्छ । सम्बन्धित नाट्य घटनालाई मष्तिष्कमा चित्रण गरिन्छ । नाट्य घटनालाई चित्रण गरेपछि भावमा डुबेर नाट्य लेखन गरिन्छ । नाट्य लेखनको अवधिमा नाट्य घटनाअनुसार नाट्य लेखकको भाव अभिव्यक्तिमा परिवर्तन आउँछ । यो लेखन अवधिमा लेखक कहिले चिच्याउँछ, कहिले रुन्छ, कहिले हाँस्छ, कहिले उफ्रिन्छ । यसरी नाट्य लेखनको अवधिमा नाट्य घटनाअनुसार नाट्य लेखकको भाव अभिव्यक्तिमा परिवर्तन आएपछि नाटक लेखिन्छ । यसले नाट्य प्रस्तुतिलाई आकर्षक बनाउँछ । नाट्य लेखनपछि नाट्य पुनर्लेखन गरिन्छ ।

१.५. नाट्य पुनर्लेखनः
नाट्य पुनर्लेखन भनेको पुनःनाट्य अभिलेखीकरण हो । यसमा नाटकलाई पुनः नाट्य अभिलेखीकरण गरिन्छ । नाट्य अभिलेखीकरणलाई संसोधन गरिन्छ । आवश्कताअनुसार नाटकलाई पुनः लेखिन्छ । नाट्य दृष्यहरूलाई सम्पादन गन्छि । सम्बन्धित नाट्य घटनालाई चित्रण गरिन्छ । नाट्य घटनामा भएका दुविधालाई हटाइन्छ । सोका लागि प्रमाणीकरण गरिन्छ । प्रमाणीकरण गर्दा गहिरिएर अध्ययन गरिन्छ । यसले नाट्य प्रस्तुतिलाई आकर्षक बनाउ“छ । पुनर्लेखनपछि नाट्य सम्पादन गरिन्छ ।

१.६. नाट्य सम्पादनः
नाट्य सम्पादन भनेको नाटकको सम्पादन हो । लेखनपछि सम्पादन गरिन्छ । यसलाई सम्पदकले सम्पादन गर्छ । सम्पादक नाट्य लेखक वा सम्पाक हाँस्न सक्छ तर सम्पादनमा नाट्य गुणस्तरलाई ध्यान दिइन्छ । आवश्यक नाट्य दृष्यहरू थपघट गरिन्छ । सम्पादनले नाटकलाई चुस्तदुरुस्त बनाउँछ । यसमा दर्शकको मनोभावलाई पनि समावेश गरिन्छ । नाटकको प्रकाशनपूर्व भरपूर सम्पादन गरिन्छ । यसरी सम्पादन गरेपछि नाटकलाई प्रकाशनयोग्य बनाइन्छ । प्रकाशन योग्य भएपछि नाटकलाई प्रकाशन गरिन्छ ।

१.७. नाट्य प्रकाशनः
नाट्य प्रकाशन भनेको नाटकको प्रकाशन हो । यसले नाट्य प्रकाशनको काम गर्छ । नाट्य प्रकाशनको लागि नाट्य गुणस्तरलाई ख्याल गरिन्छ । नाट्य सम्पादनपछि नाट्य प्रकाशन गरिन्छ । नाट्य प्रकाशनका लागि नाटकलाई प्राविधीकरण गरिन्छ । नाटकलाई प्रविधिमा लागिन्छ । यसमा नाटकलाई डिजिटलकरण गरिन्छ । यसमा सेटिङ गरिन्छ । यसलाई प्रकाशनयोग्य बनाइन्छ । प्रकाशनयोग्य भएपछि प्रकाशन गरिन्छ । प्रकाशनमा नाट्य लेखनमा दर्शकलाई उपस्थित गराइन्छ । दर्शकबिना नाटकको प्रकाशन अधुरो मानिन्छ । यसरी नाट्य प्रकाशनपछि नाटकको नाट्य समीक्षा गरिन्छ ।

१.८. नाट्य समीक्षाः
नाट्य समीक्षा भनेको नाट्य मूल्यांकन हो । यसमा नाट्य समीक्षा हुन्छ । नाट्य प्रकाशनपछि नाटकको नाट्य समीक्षा गरिन्छ । यसमा नाटकको राम्रो र नराम्रो दुवै पक्षलाई केलाइन्छ । राम्रो पक्षलाई निरन्तरता दिइन्छ, कमीकमजोरी पक्षलाई सुधारिन्छ । सुधारिएको नाटकलाई पुनः प्रकाशन गरिन्छ । यी माथिका विधिहरू अपनाएर नाट्य लेखन गरिन्छ ।

२. टुंग्याउनीः
नाट्य लेखनका विधि भनेको नाट्य लेखनको तौरतरिका हो । यसमा नाट्य लेखनको सिललिलाबद्ध तौरतरिका हुन्छ । यसले नाट्य लेखनमा सहजता ल्याउ“छ । यसमा नाट्य प्रारम्भदेखि नाट्य अन्त्यसम्मका सम्पूर्ण कार्यहरू गरिन्छ । यसलाई नाट्य लेखकले नियन्त्रण गरेको हुन्छ । नाट्य लेखनका विधिहरू धेरै छन् । तथापि नाट्य लेखनका लागि नाट्य दृढ इच्छा, नाट्य विषय छनोट, नाट्य संरचना निर्माण, नाट्य लेखन, नाट्य पुनर्लेखन, नाट्य सम्पादन, नाट्य प्रकाशन र नाट्य समीक्षा आदि प्रमुख विधि हुन् । यी नाट्य लेखनका विधिहरूको आधारमा नाट्य लेखन गरेमा नाट्य प्रस्तुतिमा जिवन्तता पाइन्छ ।
(e-mail: sumnimatheatre@gmail.com)

Published On: Time : 14:00:25  

तपाईको प्रतिक्रिया