शनिबार कतारबाट १७४ जना फर्कँदै

योगेन्द्र योगी
दोहा– कोरोनाका कारण समस्यामा परेका नेपालीहरुलाई २७ जुनमा नेपालका लागि दोस्रो उडान हुने कतारस्थित नेपाली दूताबासले जनाएको छ । दूताबासले ४ असारमा निकालेको सूचनामा नेपाल एयरलाइन्सको दोस्रो उडानको मिति तय भएपछि जानकारी गराइने जनाएको थियो ।
उक्त उडान २७ जुन अर्थात् १३ असारमा हुने छ भने उक्त उडानबाट समस्यामा परेका १७४ जना नेपाली स्वदेश फर्किने दूताबासले जनाएको छ । फर्किनेहरुको सूची दूताबासले सार्वजनिक गरेको छ । उक्त उडान अनुमति र यो सूचीमा परेका व्यक्तिहरु कतारको सम्बन्धित निकायबाट क्लियरेन्स प्राप्त गर्नका लागि आवश्यक पत्राचार भइसकेको र सो अनुमित प्राप्त भएपछि मात्र उडान गर्न सकिने दूताबासले जनाएको छ ।
हवाइ टिकटका लागि नेपाल एयरलाइन्सको तोकिएको ट्राभल एजेन्टमा सम्पर्क गर्न दूताबासले अनुरोध गरेको छ । साथै, हवाइ भाडा, स्वास्थ्य परीक्षणलगायत विषयमा यसअघि नै दूताबासले जानकारी गराइसकेको छ ।
दूताबासका अनुसार यस अघि २० जुनको नेपाल एयरलाइन्सको उडानका लागि नाम प्रकाशित भई तोकिएको उडानमा विविध कारणले जान नसकेका यात्रुहरुले अब हुने उडानमा नेपाल जानका लागि उल्लेखित ट्राभल एजेन्सीस“ग सम्पर्क गर्न सकिने जनाएको छ ।
साथै, यस उडानमा सिट क्षमता नपुग भई प्रतिक्षा सूचीमा परेका यात्रुहरुले एयरलाइन्सको पछिल्ला उडानमा यात्रा गर्न सक्ने दूताबासले जनाएको छ । दूताबासका अनुसार यदि यात्रु नपुगेमा एयरलाइन्सले त्यसपछिका उडानका यात्रुलाई समावेश गर्न सकिने छ । यसअघि २० शव, आममाफी पाएका ४३ जनासहित ३३७ जना नेपाली स्वदेश फर्किसकेका छन् । बुधबार मात्र पनि एक सय ५० जना नेपाली स्वदेश फर्क“दै छन् ।

Published On: Time : 5:41:31  

तपाईको प्रतिक्रिया