ट्रान्सगार्ड ग्रुप कम्पनीका नेपाली कामदार अलपत्र

दोहा– कोरोनाको कारण कम्पनी बन्द भएपछि युएईमा ठूलो संख्यामा नेपाली कामदार अलपत्र परेका छन् । युएईको अबुधाबीमा रहेको ट्रान्सगार्ड ग्रुप कम्पनीमा कार्यरत विभिन्न क्याम्पमा गरी २० देखि २५ हजारभन्दा बढी नेपाली कामविहीन भएर अलपत्र अवस्थामा रहेको काभ्रेका जयराम नेपालले जानकारी दिएका छन् ।
उनका अनुसार उनी बसेका क्याम्पमा मात्र ५ सयदेखि २ हजार ५ सय नेपालीहरू विगत चार महिनादेखि कामविहीन भएर बसेका छन् भने अन्य क्याम्पमा बसेका नेपालीहरूको पनि समस्या उस्तै रहेको छ ।
अहिले ती कामदारहरूमध्ये ७० प्रतिशतले मात्र काम पाएका छन् भने बाँकी ३० प्रतिशत कामविहीन भएर चार महिनादेखि कोठा मै बस्न बाध्य छन् । ‘कम्पनीले अहिलेसम्म बिहान बेलुकी दुई छाक खान दिएको तर अब कम्पनीले हामी पाल्न नसक्ने भनेपछि आफूहरू थप समस्या परेका छौँ,’ नेपालले भने । अन्य देशको विमानस्थल खुल्दा नेपालको विमानस्थल नखुल्नु हाम्रो गल्ती होइन भन्दै कम्पनी पन्छिन थालेको उनले बताए ।
उनले भने, ‘कम्पनीको भनाइअनुसार अन्य मुलुकका नागरिकहरूलाइ कहिले आफैँ फ्लाइट चार्टर गरेर त कैले रेगुलर ङ्खलाइटमा आङ्खनो मुलुक पठाइसके जुन हामीले देखिरहेका छौँ ।’
उनले स्वदेश जानका लागि युएईस्थित नेपाली दूताबासले उपलब्ध गराएको फाराम भरेकामध्ये ५ हार ६० जनाको मात्र नाम आएको बताए । उनले भने, ‘कतिपयले युएईस्थित नेपाली दूताबासले उपलब्ध गराएको अनलाइन फारम भरेको र ती मध्येबाट ५ हजार ६० जनाको नाम आएको छ । अब के बाँकी अलपत्र परेकोहरू घर जान नपाउने त ?’
यो समस्या पटक–पटक दूताबासमा राख्दा पनि गुनासो पनि नसुनेको उनले बताए । अन्य धेरै नेपाली कामदारले कम्पनीले पठाउँछ भनेर फारम नै नभरेको र कतिपयलाई फारम भर्नेबारे कुनै पनि जानकारी नभएकोले अवस्था झन् जटिल बनेको उनी सुनाउँछन् ।
उनी भन्छन्, ‘यहाँ कम्पनीले हामी आफैँ विमान चार्टर गरेर नेपाल पठाइ दिन्छौँ भन्छ, दूताबासले अनुमति दिँदैन । कम्पनीले यहि जुलाई १५ तारिखसम्ममा कि टिकट काटेर ल्याऊ होइन भने अन्य काम खोजेर अफर लेटर ल्याऊ अब हामी पाल्न सक्दैनौँ भनेको पनि आज ५ दिन भयो ।’
दूताबासको लिस्टमा नाम आउनेहरूलाई पनि कम्पनीले टिकट उपलब्ध गराएको छैन । अपिसमा गएर सोध्यो भने तिमीहरू आफैँ टिकट काटेर आउ होइन भने पर्ख भन्ने गरेको उनीहरू बताउँछन् । ‘न कम्पनीले आफैँ पठाउँछौँ भन्छ न त आफूहरूसँग पैसा नै छ,’ उनीहरूको गुनासो छ ।
आफूहरूको समस्या नेपाल सरकार, नेपाली दूताबासलगायत सम्बन्धित निकायसम्म पु¥याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेको उनले बताए । यता यस विषयमा युएईमा रहेको नेपाली दूताबासमा बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
ङ्खलाइट उद्दार उडान भएको १६ दिन बितिसक्दा एक जना नेपाली पनि ट्रान्सगर्ड ग्रुप कम्पनीबाट स्वदेश फर्कन सकेका छैनन् । ट्रान्सगार्ड युएईको सबैभन्दा ठूलो सप्लाई कम्पनी हो ।

Published On: Time : 7:26:39  

तपाईको प्रतिक्रिया