कुवेतमा ३३ नेपाली कामदार अलपत्र


भोकभोकै काल पर्खँदै
दोहा– कुवेतमा ३३ नेपाली कामदार अलपत्र परेका छन् । १८ महिनाअघि कुवेत पुगेका उनीहरुको कम्पनी कोरोनाको कारण कम्पनीले लिएको साइट बन्द भएपछि कुवेतको जिलिपमा पाँच महिनादेखि उनीहरु अलपत्र परेका हुन् ।
पप्डितहरुमध्ये रोल्पाका प्रकाश मगरका अनुसार कुवेतको अल रकिब बिल्डिङ कनस्ट्रक्सन कम्पनीमा कार्यरत नेपाली कामदार लामो समयदेखि भोकभोकै बस्न बाध्य भएका छन् । उनीहरुका अनुसार अहिले भोकभोकै काल पर्खन बाध्य छन् ।
पीडित नेपालीहरुका अनुसार कोरोना संक्रमण बढेपछि कुवेत सरकारले गरेको लकडाउनको बेला पनि कम्पनीले काम लगाएर पैसा नदिए उनीहरुको भनाइ छ । कम्पनी प्रसाशनले आज दिन्छु भोलि दिन्छु दुई महिनाको एकैपटक दिन्छु भनेर झुक्याउने गरेको गुल्मीका विनोद महतले बताए ।
सप्लाइको काम बन्द भएपछि उनीहरुलाई कम्पनीले वेवास्ता गरेको कारण आफूहरु अलपत्र परेको पीडितहरुले बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दै आएको पानी र बिजुलीको लाइनसमेत काटिएकोले समस्या थपिएको बताएका छन् ।
उनीहरुका अनुसार कम्पनीले तलब नदिएपछि दुई महिनादेखि आफूहरु एसीबिनाको कोठामा नै बस्न बाध्य भएको कामदारको गुनासो छ । उनीहरुले आफूहरुको समस्या नेपाल सरकार, कुवेतस्थित नेपाली दूताबासलगायत सम्बन्धित निकायसम्म पु¥याइदिन विभिन्न संचार माध्यमलाई अनुरोध गरेका छन् ।
यता, पीडित नेपालीहरु जानकारी गराएपछि कुवेतस्थित नेपाली दूताबासले उनीहरु बसेको क्याम्पमा पुगी आवश्यक जानकारी लिएको जनाएको छ । दूताबासका अनुसार उनीहरुलाई चा“डै खाना तथा उद्दारको पहल गरिने जनाएको छ ।

Published On: Time : 5:19:03  

तपाईको प्रतिक्रिया