नेपालीको उद्धारमा ढिलाइ

काठमाडौं– वैदेशिक रोजगार कल्याणकारी कोषबाट नेपाली श्रमिकको उद्धारका निम्ति विदेशस्थित नियोगहरुसँग परामर्श भइरहेकाले उद्धारमा केही ढिलाइ भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सोमबार प्रभाव दैनिकसँगको कुराकानीमा मन्त्रालयका सूचना अधिकारी सुरेश अधिकारीले गत सोमबार मन्त्रिपरिषद्को बैठकले उद्धार निर्देशिका जारी गर्दै कोषबाट उद्धार गर्ने निर्णय गरेसँगै नियोग तथा दूताबासहरुसँग मन्त्रालयले परामर्श थालनी गरेको तर उद्धारका प्रक्रियाहरु पूरा नआएकाले ढिलाइ भएको बताए ।
मन्त्रिपरिषद्को निर्णयले नेपाली श्रमिकको उद्धार कोषमा रहेको चाँडो उद्धार गर्न भने पनि किन ढिलाइ भन्ने प्रश्नमा आफैँ खर्च व्यहोरेर फर्किन नसक्नेको संख्या नियोग तथा दूताबासले पठाएसँगै उद्धार थालनी गर्ने उनले बताएका छन् । ‘सोमबारको मन्त्रिपरिषद्को आफ्नो खर्चमा फर्कन नसक्नेलाई उद्धार गर्न निर्देशिका पारित गरेसँगै मन्त्रालयले विदेशस्थित नियोग र दूताबासहरुस“ग परामर्श थालनी गरेको छ,’ उनले अगाडि भने, ‘नियोगमार्फत उद्धार गर्नुपर्ने संख्या आइरहेको छ र पूर्ण भएर आएसँगै उद्धार थालनी गरिनेछ ।’
यसै सन्दर्भमा वैदेशिक रोजगार बोर्डका महानिर्देशक कुमारप्रसाद दाहालले पनि कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकको उद्धार कोषबाट गर्ने वातावरण तीव्र भइरहेको बताएका छन् । विदेशमा समस्यामा परेका उनीहरुको नियोग तथा श्रमसहचारीबाट उद्धार गरिने उनले बताए ।
उनले भने, ‘हाल विभागमार्फत खाडीलगायत देशमा २३ लाख नेपाली श्रमिकहरु काम गर्न विदेशिएका छन् । मन्त्रिपरिषद्को बैठकको निर्णयले कोभिड–१९ का कारण समस्यामा परेका नेपाली श्रमिकको उद्धार चाँडो गर्न भने पनि सबै चाँजोपाँजो मिलाउन समय लागिहाल्छ नै ।’
वैदेशिक रोजगार बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले नियोगमार्फत फर्किन चाहने नेपाली श्रमिकको संख्या यकिन भएर आएसँगै रकम पठाइने बताएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकले कोभिड–१९ का कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धार गर्ने निर्णय गरेको बताउँदै उनले भने, ‘कोषमा भएको रकम आपत्विपतकै लागि भनेर जम्मा गरिएको हो । र, नियोगमार्फत् फर्किन चाहनेहरुको संख्या यकिन भएर आएसँगै कोषले २४ घन्टाभित्र रकम उपलब्ध गराउनेछ ।’
नियोगमार्फत् चार्टर्ड जहाजमा आवश्यक डेढ सयभन्दा बढी श्रमिक फर्किन चाहेको विवरण पठाएको खण्डमा तत्काल बोर्डले रकम पठाइदिने उनले बताएका छन् । तर, विमान नभरिने गरी विवरण आएको खण्डमा भने केही ढिलाइ हुने उनले बताए ।
सूचना अधिकारी सुवेदीका अनुसार मलेसिया र खाडी मुलुक कतारका लागि श्रम स्विकृति लिएर गएका २३ हजार नेपालीको कोषबाट उद्धार गर्नुपर्ने आंकलन गरिएको छ । साथै, अन्य देशमा उद्धार गर्नुपर्ने नेपाली श्रमिकको भन्ने विषयमा यकिन विवरण आइनसकेको उनले बताए ।
श्रम स्विकृति लिएर विदेश गई कोभिड–१९ का कारण समस्यामा परेकाहरुको गाँस, बासका लागि ८० लाख रकम कोषबाट पठाइसकिएको पनि उनले बताएका छन् । उनले भने, ‘कोभिड–१९ का कारण समस्यामा परेकाहरुका लागि हालसम्म कोषले ८० लाख रकम पठाइसकेको छ ।

Published On: Time : 4:46:30  

तपाईको प्रतिक्रिया