प्राधिकरणको कार्यकारी निर्देशकको टुंगो लागेको छैनः मन्त्री पुन

रोल्पा–ऊर्जा, जलस्रोेत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल विद्युत् प्राधिकरणमा कार्यकारी निर्देशकको नियुक्ति कसलाई गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको जानकारी गराएका छन् ।

प्रेस संगठन जिल्ला शाखाले बुधबार लिवाङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् ।

उनले कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेकोले पनि कसलाई नियुक्ति गर्ने भन्ने विषयको अझै टुङ्गो नलागेको स्पष्ट गराए । उनले भने, ‘कुलमान घिसिङको विषयमा कोही सकारात्मक र कोही नकारात्मक रहेको भन्दै चलाइएको हल्लामा सत्यता छैन’ उनले बहालवाला कार्यकारी निर्देशक कुलमान घिसिङको पदावधि यही भदौ २९ गतेसम्म रहेकाले त्यसअघि नै सरकारले नियुक्तिको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने बताए ।

विभिन्न कार्यक्रममा सहभागी हुने क्रममा उनले सुरक्षित जनता आवास कार्यक्रम अन्तर्गत फुसको छाना विस्थापन कार्यक्रम, निर्वाचन क्षेत्र विकास कार्यक्रमलगायत विषयमा सरोकारवालासँग छलफल
गरेका थिए ।

Published On: Time : 5:18:25  

तपाईको प्रतिक्रिया