नेपाल र पाकिस्तानबीच आर्थिक सहकार्य आवश्यक

काठमाडौं–गृहमन्त्री रामबहादुर थापा (बादल)सँग नेपालका लागि पाकिस्तानका राजदुत मझर जावेदले नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानले गर्दै आएको सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरेका छन् ।

नेपालमा आफ्नो कार्यकाल पुरा गरी स्वदेश फर्कन लागेका राजदुत जावेदसँगको विदाई भेटमा उनले नेपाल–पाकिस्तान द्धिपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका विषयमा केन्द्रित रहेर छलफल भएको थियो ।

गृहमन्त्री थापाले जावेदलाई सफल कार्यकालका लागि शुभकामना दिँदै नेपाल पाकिस्तान सम्बन्ध थप मजबुत बनाउन उनको भूमिका महत्वपूर्ण भएको बताए ।

भेटमा उनले नेपाल र पाकिस्नाबीच जनस्तरमा सम्बन्ध रहेको चर्चा गर्दै नेपालको शिक्षा र स्वास्थ्यको क्षेत्रमा पाकिस्तानको सहयोगको प्रशंशा गरे ।

राजदुत जावेदले नेपाल–पाकिस्तान सम्बन्धको चर्चा गर्दैै आफ्नो नेपाल बसाई सुखद रहेको भन्दै नेपाल र नेपालीबाट आफुले राम्रो सहयोग र न्यानो माया पाएको बताए ।

उनले आगामी दिनमा नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउँदै लैजान आवश्यक रहेको टिप्पणी गरे ।

राजदुत जावेदले यो क्षेत्रको विकासका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन(सार्क)लाई सक्रिय बनाउन आवश्यक रहेको भन्दै यसका लागि नेपालले समेत भूमिका बढाउनुपर्ने धारणा राखेका थिए ।

Published On: Time : 5:05:18  

तपाईको प्रतिक्रिया