फेरि शाहरूख र दीपिका

काठमाडौं– बलिउडमा अभिनेता शाहरूख खान र अभिनेत्री दीपिका पादुकोण दर्शकले एकदमै रुचाइएकामध्ये पर्छन् ।

उनीहरूलाई दर्शकले पर्दामा जोडीका रूपमा नदेखेको लामो समय भइसकेको छ ।

तर, अब चाँडै यी जोडीलाई एकपटक पर्दामा देख्ने भएका छन् । तमिल निर्देशक एटली कुमारले फिल्म ‘सनकी’मा शाहरूख र दीपिकालाई जोडी बाँध्न लागेका हुन् ।

दीपिका र शाहरूखले २०१८ मा ‘ह्याप्पी न्यू ईयर’ फिल्ममा सँगै अभिनय गरेका थिए । फिल्म फेयरका अनुसार ‘सनकी’मा काम गर्न शाहरूख र दीपिका उत्साहित देखिएका छन् ।

‘सनकी’सम्म आइपुग्दा शाहरूख र दीपिकाको जोडी चौथोपटक हुनेछ ।

यसअघि शाहरूख र दीपिकाले ‘ओम शान्ति ओम’, ‘चेन्नई एक्सप्रेस’ र ‘ह्याप्पी न्यू ईयर’मा काम गरेका थिए ।

शाहरूखले ‘ओम शान्ति ओम’बाट दीपिकालाई बलिउडमा डेब्यु गराएका थिए ।

‘सनकी’ फिल्मको युनिट २०२१ को शुरुवातमा फ्लोरमा जाने योजनामा रहेको भारतीय मिडियाले जनाएको छ ।

Published On: Time : 5:35:49  

तपाईको प्रतिक्रिया