खेलकुद पर्यटन दिगो बनाउने अभियानका साथ ऐक्यबद्धता

काठमाडौं – विश्व पर्यटन दिवसको उपलक्ष्यमा आगामी सेप्टेम्बर २६ का दिन नेपालमा दिगो खेलकुद पर्यटनबारे अन्तरक्रिया हुने भएको छ ।

पर्वतीय खेलकुद महासंघ नेपालको संयोजन र नासा फाउन्डेसन नेपालको व्यवस्थापनमा पर्यटन दिवसको अवसरमा ‘सस्टेनेबल स्पोर्ट्स एण्ड टुरिजम फर प्रोस्पेरोउस नेपाल’ नामक अन्तरक्रिया हुने भएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई मुख्य वक्ता रहने कार्यक्रममा सस्टेनेबल स्पोर्ट्स र टुरिजम क्षेत्रका ५ जना प्रस्तोता हुने छन् । जसमा २ जना विदेशी तथा ३ जना नेपाली प्रस्तोताले कोरोना अघि र पछि पर्यटन, शाहसिक र खेल पर्यटन जस्ता विषयमा प्रस्तुति गर्नेछन् ।

अनलाईन एप्स जुमबाट गरिने अन्तरक्रियामा नेपालको पर्यटन, खेलकुद, वातावरण र दिगो विकाससँग सम्बन्धित व्यक्तिहरूको सहभागिता रहनेछ । अन्तरक्रियाको मोडरेटरको रूपमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दिपक राज जोशी हुने छन् ।

प्रत्येक वर्ष २७ सेप्टेम्बरका दिन विश्वव्यापी रूपमा पर्यटन दिवस मनाउने चलन रहेको छ । नेचर, एडभेन्चर र कल्चरको लागि विश्वमै प्रसिद्ध नेपालले त्यसबाट अपेक्षाकृत फाइदा लिन सकेको अवस्था छैन ।

यस अन्तरक्रियाले यसलाई अगाडी बढाउँन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

 

Published On: Time : 5:40:13  

तपाईको प्रतिक्रिया