नोभाराविरुद्धको जितमा रोनाल्डोको गोल

पेरिस – प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण खेलमा युभेन्ट्सले फराकिलो जित निकालेको छ । आईतबार भएको खेलमा युभेन्ट्सले नोभारालाई ५–० गोल अन्तरले हराएको हो । नोभारा टुरिन क्लब हो । उसले ईटालीको तेस्रो डिभिजनको लिग खेल्छ ।

खेलमा अग्रता युभेन्ट्सले क्रिस्टियानो रोनाल्डोको गोलमा लिएको थियो । खेलको २० औं मिनेटमा रोनाल्डोले युभेन्ट्सलाई अग्रता दिलाएका थिए ।

५६ औं मिनेटमा मेरिह डेमिरलले युभेन्ट्सको अग्रता दोब्बर बनाए । मार्को पजाकाले ६६ औं मिनेटमा युभेन्ट्सका लागि तेस्रो गोल गरे ।

अन्तिम मिनेटमा मनोलो पोर्टानोवाले गोल गर्दै युभेन्ट्सलाई ४–० ले अघि बढाएका थिए । इन्जुरी समयमा पोर्टानोवभाले ब्यक्तिगत दोस्रो गोल गरे र युभेन्ट्सलाई फराकिलो जित दिलाए ।

आन्द्रे पिर्लोको नेतृत्वमा युभेन्ट्सले पहिलो खेलमा जित निकालेको हो । मौरिजियो सर्रीलाई बर्खास्त गर्दै युभेन्ट्सले क्लबको नयाँ प्रशिक्षकमा पूर्व खेलाडी पिर्लोलाई नियुक्त गरेको हो ।

Published On: Time : 5:43:43  

तपाईको प्रतिक्रिया