ब्राजिलमा संक्रमणबाट १ लाखभन्दा बढीको मृत्यु

ब्रासिलिया–ब्राजिलमा सोमबार बिहानसम्म कोरोना भाइरसका सङ्क्रमणबाट १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

सो मन्त्रालयका अनुसार यहाँ गएको हप्तादिनमा मात्र ४ हजार जनाको ज्यान गएको छ ।

उक्त मन्त्रालयका अनुसार यहाँ यो संक्रमणबाट गएको २४ घन्टामा ४१५ जनाको ज्यान गएको छ ।

यो सँगै यहाँ १ लाख ३१ हजार ६२५ जनाको ज्यान गएको हो ।

ब्राजिलमा कोभिड १९ का सङ्क्रमितहरूको संख्या करिब ४३ लाखभन्दा बढी पुगेका छन् ।

सोमबारसम्मको तथ्यांकअनुसार यहाँको कोभिड १९ का संक्रमितहरूको जम्मा संख्या ४३ लाख ३० हजार ४६४ जना पुगेको बताइएको हो ।

Published On: Time : 4:41:34  

तपाईको प्रतिक्रिया