रक्तदान कार्यक्रममा सहभागी हुन आग्रह

काठमाडौं (प्रस)– बसुन्धराको तिलिङटार चौकी पछाडि रहेको बसुन्धारा ब्यांकेटको मुख्य प्रायोजनमा शनिबार रक्तदान कार्यक्रम आयोजना हुने भएको छ । टोखा उद्योग बाणिज्य संघको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चारको प्राविधिक सहयोगमा ब्यांकेटले आफ्नै प्रांगणमा रक्तदान गर्ने भएको हो ।
विजय दशमी, दीपावली, नेपाल संवत्, उद्यौली र ल्होसार चाडको समेत शुभ उपलक्ष्यमा शनिबारको बिहान ११ बजेबाट रक्तदान सुरु हुने संघका प्रवक्ता रघुनाथ पनेरुले बताएका छन् । उनले उक्त बृहत रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गरी सहयोग गर्न अनुरोध गरे । उनका अनुसार रक्तदातालाई संघको तर्फबाट सम्मान पत्र प्रदन गरिने कार्यक्रमसमेत रहेको छ ।

Published On: Time : 7:16:57  

तपाईको प्रतिक्रिया