टोखा बाणिज्य संघको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं– टोखा उद्योग बाणिज्य संघले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कोरोना भाइरसको महामारीमा संचित रगत चाडबाडमा अभाव हुन नदिन नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्त सञ्चारको प्राविधिक सहयोगमा संघले शनिबार बसुन्धरा बैंक्वेटमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

बृहत रक्तदान जीवन दान मूल नाराका साथ टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीको प्रमुख आतिथ्य र संघको अध्यक्ष निराजन अधिकारीको सभापतित्वमा कार्यक्रम सञ्चालन भएको हो ।

आयोजकका अनुसार कार्यक्रमको अतिथिमा टोखा नगरपाालिका वडा नंं. १ का अध्यक्ष कृष्ण अधिकारी, वडा नं. ५ का अध्यक्ष जगन्नाथ ढकाल, वडा नं. ८ का अध्यक्ष केशबबहादुर खत्री, वडा नं. ११ का अध्यक्ष उत्तम अधिकारी रहेका थिए ।

साथै बसुन्धरा ब्यांक्वेट, लकेसा सेक्युरिटी कम्पनी, मैनाली निर्माण सप्लायर्स, गोरखाली क्याफे तथा क्याट्रिङ हाउस, ओम श्रीकृष्ण नारायण इन्टरप्राइजेज, इवन मेडिकल सेन्टर प्रा.लि., प्रगतिशील स्वास्थ्य व्यवसायी नेपाल, लोहनी खाद्य स्टोर्स, तारकेश्वर उद्योग बाणिज्य संघ तथा विभिन्न टोल सुधार समिति, क्लब र महिला समूह आदिले कार्यक्रममा सहयोग गरेको संघका प्रवक्ता रघुनाथ पनेरुले बताएका छन् ।

बिजय दशमी, दीपावली, नेपाल संवत्, छठ, उधौली र लोसारको सम्पूर्णमा शुभकामना व्यक्त गर्दै कार्यक्रम समापन गरेको संघका प्रवक्ता पनेरुले बताए ।

कार्यक्रममा ५० जनाले रक्तदान गरेको अध्यक्ष अधिकारीले बताएका छन् । रक्तदान गर्ने व्यक्तित्वहरूलाई सम्मानस्वरूप प्रमाणपत्र पनि दिइएको आयोजकले जनाएको छ ।

Published On: Time : 5:30:31  

तपाईको प्रतिक्रिया