एक हप्तामा ८ हजार ७ सय नेपाली श्रमिकको उद्धार

काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक हप्तामा नोबेल कोरोना भाइरस (कोभिड–१९) का कारण विदेशमा समस्यामा परेका ८ हजार ७ सय २५ नेपाली श्रमिकहरूको उद्धार गरिएको जनाएको छ ।

शुक्रबार साप्ताहिक विवरण सार्वजनिक गर्दै १५ असोजदेखि २२ सम्म एक हप्तामा ८ हजार ७ सय २५ नेपाली श्रमिकहरूको उद्धार गरिएको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले जारी गरेको साप्ताहिक विवरणअनुसार यस साता विदेशमा रहेका कुनै श्रमिकले फर्कनका लागि निवेदन पेश गरेका छैनन् ।

१५ असोजसम्म ७८ हजार २ सय ४५ जना फर्किएका र १ लाख ४२ हजार ८ सय जनाले फर्कनका लागि निवेदन दिएको मन्त्रालयले विवरणमा उल्लेख गरेको छ ।

२२ असोजसम्म जम्मा ८६ हजार ९ सय ७० नेपाली श्रमिकको उद्धार गरिएको पनि मन्त्रालयले साप्ताहिक विवरणमा उल्लेख गरेको छ ।

मन्त्रालयको साप्ताहिक विवरणअनुसार हालसम्म ४ हजार ७ सय ७१ जनाले फर्कनका लागि गुनासो तथा उजुरी दिएका छन् भने ४ हजार ३ सय १८ जनाले दिएको उजुरी तथा गुनासे सम्बोधन भएका छन् ।

हजार ७ सय ९९ ले लिए श्रम स्विकृति

पुनः, नयाँ तथा वैधानिकीकरणतर्फ गरी ८ हजार ७ सय ९९ जनाले श्रम स्विकृति लिएको पनि मन्त्रालयले साप्ताहिक विवरणमार्फत जानकारी गराएको छ । पुनः श्रम स्विकृतितर्फ २२ असोजम्म ७ हजार ८ सय ८३, नयाँ श्रम स्विकृतितर्फ ५ सय १४ र वैधानिकीकरणतर्फ ४ सय ४६ जनाले श्रम स्विकृति लिएको मन्त्रालयले साप्ताहिक विवरणमा उल्लेख गरेको छ ।

एक हप्तामा १ लाख ५३ हजार बेरोजगार

१५ असोजदेखि २२ सम्म १ लाख ५३ हजार १ सय ६२ जनाले बेरोजगार सूचीमा नाम दर्ता गरेको गरेको पनि मन्त्रालयले साप्ताहिक विवरणमार्फत् उल्लेख गरेको छ ।

१५ असोजसम्म ४ लाख १६ हजार ४ सय ९१ नेपालीले बेरोजगार सूचिमा नाम दर्ता गरेको मन्त्रालयले विवरणमार्फत जनाएको छ ।

समग्रमा २२ असोजसम्म ५ लाख ६९ हजार ६ सय ५३ जनाले बेरोजगार सूचिमा नाम दर्ता गरेको मन्त्रालयको साप्ताहिक विवरणमा उल्लेख गरिएको छ ।

हालसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा नआएकाले उक्त कार्यक्रममा कुनै पनि नेपालीले रोजगारका लागि आवेदन भरेका छैनन् ।

२ सय २४ मृतक परिवारलाई राहत

२२ असोजसम्म २ सय २४ मृतक परिवारलाई आर्थिक राहत प्रदान गरिएको पनि मन्त्रालयले साप्ताहिक विवरणमार्फत् जनाएको छ ।

१५ असोजसम्म २ सय १२ जनालाई १ लाख १३ अर्ब ९८ करोड ८५ लाख रूपैयाँ र १५ असोजदेखि २२ सम्म १२ मृतक परिवारलाई ८४ लाख रूपैयाँ राहत उपलब्ध गरिएको जनाइएको छ ।

यस्तै, वैदेशिक रोजगारीका सिलसिलामा असक्त भएका १९ कामदारलाई ८२ लाख २३ हजार रूपैयाँ उपलब्ध गरिएको पनि मन्त्रालयको साप्ताहिक विवरणमा उल्लेख छ ।

साथै, वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १ सय ७२ कामदारको शव व्यवस्थापनका लागि १८ लाख २ हजार उपलब्ध गरिएको पनि साप्ताहिक विवरणमा उल्लेख गरिएको छ भने ८ शवको व्यवस्थापन हुन बाँकी रहेको पनि जनाइएको छ ।

Published On: Time : 5:29:52  

तपाईको प्रतिक्रिया