चोटका कारण दिल्लीका इशान्त शर्मा पनि आइपिएलबाट बाहिरिए

युएई – दिल्ली क्यापिटल्सका फास्ट बलर इशान्त शर्माले इन्डियन प्रिमियर लिग (आईपीएल) को बाँकी खेल गुमाउने भएका छन् ।

चोटका कारण बलर शर्माले आईपीएलको बाँकी खेल गुमाउने भएका हुन् ।

यससँगै दिल्ली क्यापिटल्सले पहिलो रोजाईका तीन खेलाडीहरूलाई गुमाएसँगै उपाधि जित्ने अभियानमा धक्का लागेको छ ।

दिल्लीले हालसम्म ७ खेल खेल्दै १० अंकसहित रनरेटको आधारमा मुम्बई इन्डियन्सपछि दोस्रो स्थानमा रहेको छ ।

दिल्लीले दुई स्टार बलरहरूलाई चोटका कारण गुमाएपछि नेपाली खेलाडी सन्दीप लामिछाने टिममा पर्न सक्ने अनुमान गरिएको छ ।

तर, स्टार ब्याट्सम्यान ऋषभ पन्त पनि प्रतियोगिताबाट बाहिरिएसँगै दिल्लीका लागि ब्याट्म्यानको पनि आवश्यक देखिएको छ ।

तर मिश्रा र शर्मा बाहिरिएपछि सन्दीपको खेल्ने सम्भावना भने बढेको जनाइएको छ ।

दिल्लीले सोमबार एक विज्ञप्ति निकाल्दै शर्माले आईपीएल गुमाउने जनाएको छ ।

३२ वर्षीय शर्माको पेटको मांशपेशीमा समस्या देखिएको बताईएको छ ।

शर्माले युएईमा जारी आईपीएलमा एक सिजन एक खेल मात्र खेलेका छन् ।

उनले सनसाइजर्स हैदराबादविरुद्ध खेलेका थिए ।

शर्मा चोट बोक्ने दिल्लीका तेस्रा खेलाडी हुन् ।

यस अघि स्पिनर अमित मिश्राले चोट बोकेका थिए ।

यस्तै ब्याट्सम्यान ऋषभ पन्त पनि चोटका कारण एक साता मैदान बाहिर रहने छन् ।

Published On: Time : 5:14:06  

तपाईको प्रतिक्रिया