रनरको दसैँ–तिहारमा उत्कृष्ट अफर


काठमाडौँ– बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाईकलले दसैँ–तिहारमा भारी छुटको अफर गरेको छ ।

नेपालका लागि बंगलादेशको प्रतिष्ठित ब्राण्ड रनर मोटरसाइकलको आधिकारिक विक्रेता रमण मोटर्स कम्पनिले मोटरसाइकलको खरिदमा नजिकिँदै गरेको दसैँ–तिहारमा ५१ हजारसम्मको भारी छुटको अफर मगंलबार सार्वजनिक गरेको हो ।

उक्त छुट अहिलेसम्मकै उत्कृष्ट अफर रहेको कम्पनिले दाबी गरेको छ ।

कम्पनिका अनुसार मोटरसाईकल जगतमै सर्वाधिक ६ वर्ष वारेन्टीका साथ मोटरसाईकल तथा स्कुटर विक्री वितरण गर्दै आएको छ ।

कुनै पनि पुरानो मोटरसाइकल एक्स्चेन्ज गर्दा न्युनतम तीस हजारको मुल्याङ्कन गरिने कम्पनिले जनाएको छ ।

साथै ग्राहकहरूले उक्त छुटमा सेल्स, सर्भिस र स्पेयर पार्टसका सुविधासमेत देशका २२ वटा सोरुमबाट पाउने जानकारी कम्पनिले दिएको छ ।

हाल ८० देखी २ सय सिसिसम्मका प्रिमियम मोटरसाइकल तथा स्कुटर विक्री वितरण गर्दै आएको र उक्त ब्रान्डको बजार बढ्दै गएको मोटर्स कम्पनिले जनाएको छ ।

Published On: Time : 5:37:09  

तपाईको प्रतिक्रिया