साउदीमा अलपत्र नेपालीको उद्धार

दोहा– साउदी अरबमा ८ महिनादेखि अलपत्र परेका एक नेपालीको उद्धार गरिएको छ ।

साउदीको रियादमा अलपत्र परेका कैलालीका शेरबहादुर कडाराको उद्धार गरी नेपाल पठाइएको सहयोगी एकता समाज साउदीका सस्थापक अध्यक्ष खेमराज भट्टले जानकारी दिए ।

साउदीमा क्रियाशिल सामाजिक संस्थाहरू सहयोगी नेपाली एकता समाज, अन्तरसमन्वय समिति र सुदूर पश्चमेली समाजका दुई सामाजिक अगुवाहरूको संयुक्त प्रयासमा स्वदेश फर्काउन सफल भएको उनले बताए ।

कोरोनाका कारण कम्पनी बन्द भएपछि कडारा ८ महिनादेखि रियादको सडकमा अलपत्र अवस्थामा बस्दै आएका थिए । कम्पनीको मालिक सम्पर्कमा नआएपछि साउदीस्थित नेपाली दूताबासले ट्राभल डकुमेन्ट बनाइदिएको थियो ।

हवाइ टिकट खर्चबापत अन्तरसमन्वय समितिबाट ९ सय साउदी रियाल, सुदूर पश्चिमेली समाजका सामाजिक अगुवाहरू जगदीश नाथबाट ५ सय रियाल र चक्र मल्लबाट ४ सय सहयोग प्राप्त भएको थियो ।

सहयोगी नेपाली एकता समाजले उनको पिसिआर परीक्षण र काठमाडौंदेखि धनगढीसम्म जानका लागि बस भाडाबापत ६ सय रियाल उपलब्ध गराएको समाजका संस्थापक अध्यक्ष भट्टले बताए ।

Published On: Time : 6:16:45  

तपाईको प्रतिक्रिया