सप्तरीमा सानिमाको बैंकिङ सेवा

काठमाडौं – सानिमा बैंक लिमिटेडले सप्तरीको बोदेबर्साइनमा नयाँ काउन्टरबाट बैंकिङ सेवा विस्तार गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राख्दै ग्राहकहरुलाई सेवा दिन सुरक्षित उपायहरु अपनाई प्रदेश नं. २ को सप्तरीअन्तर्गत बोदेबर्साइन नगरपालिका–५ मा बैंकले बुधबारबाट नयाँ काउन्टर स्थापना गरीे बैंकिङ सेवा विस्तार गरेको हो ।

उक्त विस्तारित काउन्टर २८ असोज ०७७ देखि औपचारिक रुपमा सञ्चालनमा आएको बैंकले जनाएको छ ।

विस्तारित नयाँ काउन्टरको उद्घाटन नगरपालिकाका मेयर आतेशकुमार सिंहले गरेका हुन् ।

संक्रमणको अवस्थामा पनि सावधानीका साथ उक्त काउन्टर विस्तार सञ्चालन गरेकामा धन्यवाद दिँदै आगामी दिनमा पनि सुरक्षित तरिकाले काउन्टरको सेवा सुचारु राख्न मेयर सिंहले आग्रह गरेका छन् ।

Published On: Time : 5:32:56  

तपाईको प्रतिक्रिया