युनियन लाइफको ब्याज भुक्तानीमा छुटको योजना

काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सले व्ययतित बिमालेखहरुको ब्याजमा छुट दिने योजना सार्वजनिक गरेको छ ।

इन्स्योरेन्सले जारी गरेका बिमालेखअन्तर्गत भुक्तानी व्ययतित बिमालेखको ब्याजमा सत्प्रतिशत छुट दिने योजना बुधबार सार्वजनिक गरेको हो ।

इन्स्योरेन्सका अनुसार बिमालेखहरुअन्तर्गत भुक्तानी गर्नुपर्ने बिमा शुल्क निर्धारित समयमा भुक्तानी नभई व्ययतित भएको अवस्थामा आवश्यक प्रक्रिया पूरा गरी २८ असोजदेखि ३० कात्तिक ०७७ सम्ममा पुनःनवीकरण गराएमा लाग्ने ब्याजमा सत्प्रतिशत छुट प्रदान गरिएको छ ।

नवीकरण भएका बिमालेखहरुअन्तर्गत जोखिम बहन हुने र कम्पनीबाट प्रदान गरिने बोनससमेत प्राप्त हुने इन्स्योरेन्सले जनाएको छ ।

Published On: Time : 5:36:03  

तपाईको प्रतिक्रिया