कोभिड–१९ को असरः दुई महिनामा ५६ सुत्केरीको मृत्यु

काठमाडौं– कोभिड–१९ को महामारीमा गत ११ चैतदेखि २० जेठसम्ममा ५६ जना सुत्केरीको उपचारको अभावमा मृत्यु भएको छ । बन्दाबन्दीका कारण समयमा अस्पताल र स्वास्थ्य संस्थामा जान नसकेको र स्वास्थ्यकर्मीले पनि गर्भवतीलाई प्राथमिकता नदिँदा उपचारको अभावमा ज्यान गुमाउन उनीहरू बाध्य भएका हुन् ।
यो बन्दाबन्दीको समय र कोभिड–१९ को महामारीमा गर्भवती महिला र आमाहरूलाई स्वास्थ्य सेवा पाउन कठिन भइरहेको र महिलाहरूले अकालमै ज्यान गुमाएपछि यसै विषयलाई ध्यानमा राखेर तीन जना दक्ष मिडवाइफहरू रुकमणी, सविता र प्रशंसा मिलेर फोनमार्फत परामर्श दिने सोच बनाएको उनीहरूले बताएका छन् । उनीहरूका अनुसार टेलिफोनमार्फत यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी जानकारी लिन चाहने व्यक्तिहरूलाई सेवा प्रदान गरिएको छ । पछि गएर मिडसन, आमाको मायाजस्ता संस्थासँगको साझेदारीमा बिबिसी नेपालले टोल फ्री नम्बरको सुरुवात गभएको जसबाट निःशुल्क टेलिफोन परामर्श सेवा दिन थालिएको बताइन्छ ।
१७ बैशाख ०७७ बाट सुचारु गरिएको यो सेवाबाट धेरैभन्दा धेरै सेवाग्राहीलाई यसबारे जानकारी दिन थालिएको थियो । तीन जना मिड्वाइफहरूद्वारा २४ घन्टे निःशुल्क परामर्श पाउने भएकाले यो सेवा गर्भवती महिलाहरूका लागि धेरै फाइदाजनक साबित भएको सेवाग्राहीले नै बताएका छन् ।
हालसम्म २ हजार ६७ जनाले यस नम्बरमार्फत सेवा लिएको बताइएको छ । जसमध्ये ४० जना महिलाले सहज जन्म प्रक्रिाको अनलाइन कक्षा पनि नेपालमा पहिलोपटक सुरु भएको हो । नेपालका सातवटै प्रदेशका महिलाले यस नम्बरबाट सेवा लिएको भए पनि सबैभन्दा बढी प्रदेश ३ बाट र सबैभन्दा प्रदेश १ बाट कम फोन आएको ती संस्थाहरूले बताएका छन् ।
गर्भावस्था र मातृत्वका साथसाथै परिवार नियोजन, सुरक्षित गर्भपतन, स्त्रीरोग र यही कोभिड–१९ को महामारीबारे पनि उनीहरूलाई परामर्श सेवा दिइएको बताइन्छ ।
बिबिसी नेपालले महामारीको समयमा देशभर र विभिन्न किसिमका कार्यक्रमहरू अनलाइनमार्फत गर्दै आएको छ । १ असोजबाट सा“झ ५ बजेदेखि ६ बजेसम्म सातौ“ राष्ट्रिय परिवार नियोजन दिवसको अवसरमा बिबिसी नेपालको फेसबुक पेजबाट लाइभ कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा मानिसहरूले आफ्नो पहिचान गोप्य राखेर पठाएका परिवार नियोजन सम्बन्धी प्रश्नहरूको उत्तर दिइएको थियो । सो प्रश्नहरू पनि मिड्वाइफहरूले सम्बोधन गरेका थिए ।
बन्दाबन्दीको समयमा बिबिसीले यौनिक तथा प्रजनन् स्वास्थ्य र अधिकारबारे १५ दिने अनलाइन सत्र पनि सञ्चालन गरेको थियो । जसमा १५ वर्षदेखि २४ वर्षसम्मका देशभरीका फरक भूमिका र क्षमता भएका युवाहरूले भाग लिएका थिए । सो कक्षा ६ असोजबाट २१ असोजसम्म आइतबारदेखि शुक्रबार साँझ ४ बजेदेखि ६ः३० सम्म सञ्चालन गरिएको थियो ।
यस १५ दिने सत्रमा प्रजनन् प्रणालीका शरीर रचना र विज्ञान, यौनिक तथा प्रजनन् स्वास्थ्य र अधिकार, महिनावारी, सुरक्षित यौनसम्पर्क र सुरक्षित यौनसम्बन्ध, परिवार नियोजन, लैंगिक समानता, लैंगिक हिंसा, बलात्कार, सुरक्षित गर्भपतन, युवामैत्री स्वास्थ्य संस्था, किशोर–किशोरीका लागि मोबाइल एप्लिकेसनजस्ता विषयमा जानकारी प्रदान गराइएको जनाइएको छ । कार्यक्रम बियोन्ड बेइजिङ कमिटी नेपालको आयोजनामा राइट हियर राइट नाउको सहयोगमा सम्पन्न भएको बिसिसीका कार्यक्रम संयोजक एलिजा सिंहले बताइन् ।

 

Published On: Time : 7:56:00  

तपाईको प्रतिक्रिया