वरिष्ठ उपाध्यक्षमा ढकालको उम्मेदवारी

काठमाडौं– आगामी मंसिर ११, १२ र १३ गते हुन गइरहेको नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षमा उद्यमी तथा महासंघका वर्तमान उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बुधबार उम्मेदवारी दर्ता गरेका छन् ।

महासंघको केन्द्रीय कार्यालयमा ढकालसहित उनको समूहका सबै उपाध्यक्ष पदका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।

ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्लानगर उपाध्यक्षमा गुणनिधि तिवारी र एशोशियट उपाध्यक्षमा रामचन्द्र संघईले उम्मेदवारी दर्ता गरेका छन् ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा हुँदैछ ।

गत चैत्रमा हुनुपर्ने महासंघको साधारणसभा तथा निर्वाचन कोभिड–१९ का कारण स्थगन भएको थियो ।

पछि पटकपटक साधारणसभा तथा निर्वाचनको मिति तोकिए पनि कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेका लकडाउन तथा निषेधाज्ञाका कारण साधारणसभा हुन सकेको थिएन ।

गत मंसिरमा गृह जिल्ला बाग्लुङमा आयोजित बाग्लुङ महोत्सवमा ढकाललाई वरिष्ठ उपाध्यक्षमा स्थानीय उद्योग वाणिज्य महासंघले उम्मेदवार प्रस्ताव गरेको थियो ।

गत फागुनमा काठमाडौंमा औपचारिक कार्यक्रममार्फत ढकालले आङ्खनो उम्मेदवारी घोषणा गरेका थिए ।

त्यस्तै गत असारमा ढकालसहित सबै उपाध्यक्षहरूले सामूहिकरूपमा आङ्खनो उम्मेदवारी घोषणा गरेका थिए ।

उम्मेदवारी दर्तापछि ढकालले कोभिड–१९ र अन्य विभिन्न कारणबाट उत्पन्न व्यवसायिक समस्या समाधान र मुलुकको आर्थिक सम्मृद्धिमा सशक्त निजी क्षेत्रको खाँचो रहेकोले आफूले उम्मेदवारी दिएको बताए । ‘देश महामारीको चपेटामा छ ।

व्यवसाय र व्यवसायीलाई बचाउन, अहिलेको समस्याबाट मुलुकको समग्र अर्थतन्त्रलाई बचाउन र मुलुकको विकास र सम्मृद्धिमा सरकारसँग हातेमालो गर्न तथा निजी क्षेत्रको विकासमा रचनात्मक भूमिका निभाउन हामीले उम्मेदवारी दिएका छौं,’ उनले भने ।

Published On: Time : 5:59:31  

तपाईको प्रतिक्रिया