अनाथालयलाई नेपाल बंगलादेश बैंकद्वारा सहयोग

काठमाडौं(प्रस)– नेपाल बंगलादेश बैंकले मुस्कान सेवा नेपाल अनाथालयलाई सहयोग गरेको छ । बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बिहीबार सिपाडोल–८ सूर्यविनायक, भक्तपुरस्थित ५ छात्र र ७ छात्राहरु आश्रित मुस्कान सेवा नेपाल अनाथालयको भवन निमार्ण गर्न तीन लाख रुपैयाँ बैंकले सहयोग गरेको हो ।
बैंकको नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठ र सहायक महाप्रबन्धक सलोनिका सिंहद्वारा अनाथालयकी अध्यक्ष भवानी गुरुङलाई रकम हस्तान्तरण गरिएको बैंकले जनाएको छ । बैैंकका अनुसार आफ्नो संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेकाले सो नारा अनुसारको उद्देश्य प्राप्तिका लागि समाजका हरेक वर्गका सर्वसाधारणहरुको जीवनस्तर उत्थान गर्न उच्च प्राथमिकतामा सहयोग गर्ने लक्ष्य रहेको छ ।

Published On: Time : 12:31:22  

तपाईको प्रतिक्रिया