उपत्यका बाहिर कुमारी बैंकको शाखा विस्तार

काठमाडौं(प्रस)– कुमारी बैंक लिमिटेडले काठमाडौं उपत्यका बाहिर आफ्नो नयाँ शाखा विस्तार गरी सञ्चालनमा ल्याएकोे छ ।
ग्राहकहरूलाई अत्याधुनिक बैंकिङ सेवा सुविधा दिन, उत्पादनशील व्यवसायमा संलग्न स्थानिय व्यक्तिलाई आफ्नो व्यवसायको वृद्धिमा वित्तीय सहयोग गर्न उपत्यका बाहिर सुदूरपश्चिम प्रदेश बझाङको थलारा, प्रदेश २ सप्तरी को राजबिराज र प्रदेश १ इलामको फिक्कलमा बैंकले आफ्नो नयाँ शाखा औपचारिक रुपमा विस्तार गरी शुक्रबार सञ्चालनमा ल्याएकोे हो ।
विगत २० वर्षदेखि देशव्यापी शाखा सञ्जाल, एटिएम, विस्तारित काउन्टर लगायत शाखारहित बैंकिङ इकाइहरुमार्फत अत्याधुनिक सेवा दिँदै आएको बैंकले जनाएको छ ।

 

 

Published On: Time : 11:04:23  

तपाईको प्रतिक्रिया