चौलागाईंको ‘दिलमा सजाउँछु’ सार्वजनिक


काठमाडौं(प्रस)– गायक युवराज चौलागाईं ‘दिलमा सजाउँछु’ नामक नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।
संगीतकार शंकर अधिकारी घायलद्वारा रचित ‘दिलमा सजाउँछु’ गीतमार्फत गायक चौलागाईं शुक्रबारबाट दर्शक तथा स्रोतामाझ आएका हुन् ।
गीतको म्युजिक भिडियोमा रुपक धिमालको साथमा रवि खड्का तथा अमृता मगरले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो संगीतकार घायलकै निर्देशनमा बनी कृष्ण पाण्डेले छायांकन गरेका हुन् । गीतको सम्पादन भने विश्वास भण्डारीले गरेका छन् ।

Published On: Time : 11:54:59  

तपाईको प्रतिक्रिया