महालक्ष्मीका ग्राहकहरूलाई एसआरएलमा १५ प्रतिशत छुट

काठमाडौं— महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूलाई एसआरएलमा १५ प्रतिशत छुट दिने भएको छ ।

बैंकले आङ्खना ग्राहकहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न एस. आर. एल. डायगनोस्टिक (नेपाल)प्रा. लि. बिच आइतबार एक सम्झौता गरी डेबिट कार्डमार्फत प्रयोगशालाका सम्पूर्ण परिक्षणमा १५ प्रतिशत छुट भएको हो ।

बैंककातर्फबाट महाराजगंज शाखाका प्रमुख पल्लभ श्रेष्ठ र कम्पनीकातर्फबाट नायब बजार प्रमुख अजय यादवले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौताअनुसार कर्मचारीहरूले पनि उपचार गराउँदा प्रयोगशाला परिक्षणमा छुट प्राप्त गर्न सक्नेछन् ।

देशभरी १०३ वटा शाखाहरूबाट बंैकिङ सेवा प्रदान गर्दैे आगामी दिनहरूमा उक्त कम्पनीसँग समन्वय गरी विभिन्न स्वास्थ्य सँग सम्बन्धित कार्यक्रमहरू गर्दै जाने सहमति गरेको बैंकले जनाएको छ ।

Published On: Time : 5:31:43  

तपाईको प्रतिक्रिया