ग्राहकहरूलाई संगम स्विटस्बाट छुट दिने सिटिजन्स बैंकको योजना

काठमाडौं— सिटिजन्स बैंकले ग्राहकहरूलाई संगम स्विटस्बाट छुट दिने योजना ल्याएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले नजिकिदैँ गरेको तिहारलाई लक्षित गरि आफना ग्राहकहरूलाई संगम स्विटस्को किनमेलमा १० प्रतिशत छुट दिने योजना ल्याएको हो ।

काठमाडौं उपत्यका भित्रका संगम स्विटस्का कुनै पनि शाखाबाट मिठाईलगायतका सामाग्री खरिद गर्दा १०५ छुट पाउने बैंकले जनाएको छ ।

यस योजनाबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

देशैभरी फैलिएका आङ्खना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरूबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको बैंकको दाबी छ ।

Published On: Time : 5:47:40  

तपाईको प्रतिक्रिया