खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति


काठमाडौं – सरकारले कोरोना भाईरसको महामारीपछि बन्द रहेको खेलकुद गतिविधि सञ्चालन गर्न अनुमति दिएको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले खेलकुद गतिविधि सञ्चालनका लागि अनुमति दिने निर्णय गरेको हो ।

स्वास्थ्य प्रोटोकल अपनाएर खेलकुद सुरू गर्न दिने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको मन्त्रालय स्रोतले जनाएको छ ।

कोरोना भाईरसको संक्रमणको कारण सरकारले गत चैतबाट खेलकुद गतिविधिमा रोक लगाएको थियो ।

सरकारले चैतबाट गरेको लकडाउन गत साउनमा खुला गरेपनि खेलकुद गतिविधिलाई पूर्ण रूपमा खुला गरेको थिएन ।

सरकारले अन्तर्राष्ट्रिय खेलका प्रशिक्षणको लागि भने अनुमति दिएको थियो । तर, राष्ट्रिय खेलकुद परिषद (राखेप) ले भदौ १ गते खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको थियो ।

त्यसयता राखेपले फुटबल टिमलाई प्रशिक्षणको अनुमति दिएको थियो ।

फुटबल टिम मैत्रीपूर्ण खेलका लागि बंगलादेशमा रहेका छन् ।

यस्तै मंसिर १० गतेबाट क्रिकेट टिमलाई प्रशिक्षणको अनुमति दिएको छ ।

Published On: Time : 5:24:10  

तपाईको प्रतिक्रिया