बझाङमा ग्लोबल आइएमईको नयाँ शाखा विस्तार

काठमाडौं – बझाङमा ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्‍याउन बझाङको जय पृथ्वी नगरपालिका–१०मा ग्लोबल बैंकले मगंलबार नयाँ शाखा विस्तार गरी सञ्चालन गरेको हो ।

नयाँ शाखा सञ्चालनमा ल्याएसँगैे शाखा कार्यालयहरूको संख्या २६२ पुगेको बैंकले जनाएको छ ।

बैंकका अनुसार सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवा दिने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्राहकहरूमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

हालसम्म ७२ वटा जिल्लामा २६२ शाखा सञ्जाल सहित २३८ एटिएम, ४५ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २३१ शाखारहित बैंकिङ सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालयमार्फत २१ लाखभन्दा बढि ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Published On: Time : 5:36:26  

तपाईको प्रतिक्रिया