संघका सदस्य पुरीद्धारा राजीनामा


काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको कार्यसमिति सदस्य तुल्सी पुरीले राजीनामा दिएका छन् । संघले जसरी व्यावसायीहरूको पक्षमा वकालत गर्न अघि सुन्नपर्ने थियो, त्यत्तिसम्म पनि काम गर्न नसकेपछि पदमा रहिरहन नैतिकताले नदिने भन्दै आफूले राजीनामा दिएको पुरीले प्रभाव दैनिकसँग बताए ।
जुन उद्देश्य आशाका साथ कार्यसमितिको जिम्मेवारी प्राप्त भएको थियो, त्यस अनुसार काम गर्न नसकिएकाले संघमा बसिरहन उचित नहुने व्यवसायी पुरीले बताएका छन् । सिनामंगलस्थित एचएमटी ओभरसिज प्रालिका सञ्चालक पुरीलाई संघका वर्तमान अध्यक्ष विष्णुप्रसाद गैरेले कार्यसमिति सदस्यमा मनोनयन गरेका थिए ।
जसरी संघले व्यावसायीहरूको पक्षमा उभिएर लड्नुपर्ने थियो, त्यत्ति काम गर्न संघमा एक मत नभएकाले काम गर्न अत्यन्तै असहज भएपछि आफूले मार्ग प्रशस्त गर्नका लागि राजीनामा दिएको पुरीले बताएका छन् । संघ भन्नेबित्तिकै एक ढिक्का भएर काम गर्नुपर्ने भए पनि त्यसो नभएको भन्दै यस्तो अवस्थामा संघमा बस्नु र नबस्नुको कुनै अर्थ नरहेको पुरीले बताए । संघले व्यावसायीहरूको पक्षमा वकालत गर्न नसक्दा आज व्यावसायी नै संघबाट सन्तुष्टि रहन नसकेको बेला उनीहरूलाई नै सम्बोधन गर्न नसक्नु संघको भुल भएको पनि उनले बताएका छन् । संघको विधानमा २१ सदस्यीय कार्य समितिमा ७ पदाधिकारी र १० जना सदस्य गरी १७ जनालाई प्रत्यक्ष निर्वाचित गर्ने प्रावधान छ र बाँकीलाई भने संघले मनोनयन गर्ने व्यवस्था छ, यहि बमोजिम संघले पुरीलाई सदस्यमा मनोनयन गरेको थियो ।

Published On: Time : 4:43:02  

तपाईको प्रतिक्रिया