विवेकको घोप्टे भीर


काठमाडौं– हरेक मान्छे प्रत्यक्ष होस् या अप्रत्यक्षरूपमै किन नहोस्, संगीतको धुनमा गुनगुनाइरहेको हुन्छ । त्यो भजन कीर्तन होस् वा पाश्चात्य संगीत नै किन नहोस् । मानव जीवनलाई सार्थक बनाउने एक मार्ग हो संगीत हो । यस्तै, संगीतकै मोहमा परेर विदेशमै पनि सांगितिक पहिचानका लापग विवेक लुइँटेल संर्घषरत छन् । विगत १३ वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका विवेक गायन क्षेत्रमा निरन्तर अगाडि बढिरहेका छन् । हालैमात्र उनले ‘घोप्टे भीर’ बोल गीतको भिडियो बजारमा ल्याएका छन् ।
यसअघि शौखकै रूपमा ‘आज फेरि’, ‘हेर हेर’, ‘सक्दिनँ होला’ बोलका गीत ल्याइसकेका छन् । ती गीतबाट उनले स्रोताको मन समेत जित्न सफल भएका छन् । नवगायक विवेक पछिल्लो समय टिकटकको ट्रेन्डलाई समेत अँगीकार गर्दै छन् ।
नेपालका लोकप्रिय गायक सुगम पोखरेलको रुचाइएको र युवापिँढीको ढुकुढुकीमा बनेको ‘फेरि त्यो दिन सम्झन चाहन्न’ बोलको गीतका एरेन्जर शैलेन्द्रमोहन प्रधानको संगीत संयोजनमा तयार भएको यो गीतमा विवेक स्वयंको शब्द र संगीत रहेको छ । अस्ट्रेलियाको मेल्बोर्नमा छायाँकन गरिएको ‘घोप्टे भीर’मा जीवन रसाइलीको सम्पादन र निर्देशन रहेको रहेको छ । उक्त गीतको भिडियोमा राहुल गजमेर र स्वस्तिका लामिछानेको अभिनय देख्न सकिन्छ ।

Published On: Time : 7:47:57  

तपाईको प्रतिक्रिया