युवाहरुलाई ठगिनबाट बचाउँछु– नवनियुक्त श्रममन्त्री चौधरी

gjlgo’Qm >d, /f]huf/ tyf ;fdflhs ;’/IffdGqL rf}w/L
sf7df8f}F, !@ k”; M
gjlgo’Qm >d, /f]huf/ tyf ;fdflhs ;’/IffdGqL uf}/Lzªs/ rf}w/L dGqfnodf cfOtaf/ sfo{ef/ ;dfNg] qmddf ;~rf/sdL{;Fu ;+lIfKt s’/fsfgL ub}{ . tl:a/ M /Tg >]i7÷/f;;

काठमाडौं– आइतबारदेखि श्रम, रोजगार तथा सामाजिक मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री गौरीशंकर चौधरीले अबको पहिलो कदम वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई ठगिनबाट जोगाउने बताएका छन् ।
प्रधानमन्त्री केपी ओलीद्वारा संसद विघटन गरेलगत्तै विरोध जनाए पनि अन्ततः मन्त्री बनाइएपछि आइतबार मन्त्रालयको जिम्मेवारी सम्हाल्दै सञ्चारकर्मीसँगको कुराकानीमा अबको आफ्नो पहिलो कदम वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई ठगिनबाट बचाउने उनले बताए ।
‘अबको मेरो कदम वैदेशिक रोजगारीका क्रममा युवाहरुलाई रोजगारीका क्रममा ठगिनबाट कसरी बचाउने भन्नेबारे छलफल हुनेछ र त्यसका लागि आवश्यक उपाय र रणनीति बनाइनेछ,’ उनले सञ्चारकर्मीसँग भने, ‘यी कामहरु थाल्नुअघि अहिलेसम्म मन्त्रालय कसरी अगाडि बढेको रहेछ भनेर विगतमा भएका अभ्यासका पानाहरु पनि पल्टाएर हेर्नेछु । अनि समीक्षा गरेर अगाडि बढ्नेछु ।’
पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगी धन्दाहरु मौलाएको र त्यो नियन्त्रण गर्न आफू खरो भएर मैदानमा उत्रने पनि उनले बताएका छन् । रहर नभई बाध्यताले वैदेशिक रोजगारीमा गएका वा जान लागेका युवा कुनै पनि हालतमा ठगिन नहुने बताउँदै म्यानपावर व्यवसायीले यसतर्फ पारदर्शीरुपमा काम गर्नुपर्नेमा उनले जोड दिए ।
आइतबार मन्त्रालयको कुर्सीमा बसेर पदबहाली गरेका उनले सञ्चारकर्मीसँगको कुराकानीमा कोभिड–१९ का कारण वैदेशिक रोजगारीमा आएको संकुचन, आन्तरिक श्रम बजारमा देखिएको बेरोजगारीको समस्यालाई समाधान गर्न पनि आफ्नो ध्यान केन्द्रित हुने बताएका छन् । उनले भने, ‘अहिले कोरोनाले व्यापार व्यावसाय नराम्रोसँग प्रभावित बनेको छ । रोजगारीको रोजगारी कटौती भएको अवस्था छ । यसका लागि अब स्वदेशमै रोजगारीको वातावरण निर्माण गर्नेतर्फ लाग्न जरुरी छ ।’
आन्तरिक श्रम बजारमा प्रवेश गर्ने जनशक्ति बेरोजगार हुनुपर्ने अवस्थाको पनि अन्त्य गरिने बताएका छन् । यसका लागि सामाजिक सुरक्षा योजनालाई प्रभावकारी ढंगबाट कार्यान्वयनमा लैजाने उनले बताए ।

मन्त्रीको पुत्ला दहन
शुक्रबार अघिसम्म प्रधानमन्त्री ओलीले संसद विघटनविरुद्ध कडा रुपमा प्रस्तुत भएका उनी अचानक शुक्रबार मन्त्री बनेका हुन् । नेकपाको पुष्पकमल दाहाल र माधवकुमार नेपालनिकट रहेका उनको शनिबार कैलालीमा पुत्ला दहन गरिएको छ ।
नवनियुक्त श्रम मन्त्री चौधरीले जनमतको अपमान गरेको र प्रतिबद्धता अडिग नरहेको भन्दै सत्ताका लागि आफ्नो अडान छाडेपछि निर्वाचित क्षेत्र नम्बर ३ कैलालीको हसुलियामा शनिबार उनको पुत्ला दहन गरिएको थियो । नेकपाभित्रको चर्को विवादका बीच प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि त्यसको विरोधमा निवर्तमान श्रममन्त्री रामेश्वर राय यादवलगायत सातजना मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको श्रम मन्त्रालयमा चौधरीले ‘इन्ट्री’ मारेका थिए ।
प्रधानमन्त्री ओलीको कार्यशैलीका कट्टर विरोधी उनी अचानक शुक्रबार शितलनिवासमा मन्त्रीको शपथग्रहण लिएपछि पार्टी र कार्यकर्ता एकाएक तर्सिन पुगेको बताइएको छ । ५ पुसमा हसुलियामा आयोजित कार्यक्रममा सहभागी भएर प्रधानमन्त्री ओलीको कदमको चर्को आलोचना गर्दै उनको कदमविरुद्ध सबै एकजुट हुन आह्वान गरेका उनी फर्किएपछि ओलीसँगै कुम मिलाउन पुगेका थिए ।
०७३ सालमा नेकपा अध्यक्ष दाहालको मन्त्रिमण्डलमा कृषि मन्त्री बनेका उनलाई निर्वाचन क्षेत्रमा प्रवेश गर्नसमेत नदिने भन्दै विरोध गरिएको छ । आइतबार मन्त्रालयको पदभार सम्हालेका उनले यस विषयमा सञ्चारकर्मीसँग केही गफिन भने चाहेनन् ।

मन्त्री चौधरीलाई ‘च्यालेन्ज’
मन्त्री चौधरीको निर्वाचन क्षेत्रअन्तर्गत रहेको कैलारी गाउँपालिकाका अध्यक्ष लाजुराम चौधरीले आगामी निर्वाचनमा आफूसँग लड्न चुनौति दिएका छन् । शुक्रबार अघिसम्म प्रधानमन्त्री ओलीको संसद विघटनविरुद्ध आफूहरुलाई ओलीको कार्य असंवैधानिक भन्दै उचालेको र शुक्रबार एकाएक सत्ताका लागि आश्चर्यजनक रुपमा ओलीसँगै कुम मिलाएपछि अध्यक्ष चौधरीले आगामी निर्वाचनमा आफूसँग चुनाव लड्न चुनौती दिएका हुन् ।

Published On: Time : 4:55:42  

तपाईको प्रतिक्रिया