युएईको कन्सुलर सेवा स्थगित


दोहा– संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूताबासमा कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू केही समयका लागि स्थगित गरिएको जनाएको छ ।
दूताबासले सूचना जारी गर्दै यहाँ सेवा लिन आउनेहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले कन्सुलर सेवाहरू ६ माघदेखि केहि दिनका लागि बन्द गरिएको जनाएको छ ।
दूताबासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरणलगायत अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएको सुनिश्चिता गरी स्थगित सेवाहरू यथाशिघ्र पुनः सुचारु गरिने जनाएको छ । साथै अत्यन्त जरूरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरू भने यथावत् प्रदान गरिने पनि दूताबासले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म युएईमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ७३२ पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख २८ हजार ३६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ७५१ रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यहाँ कोरोनाका करण धेरै नेपालीहरूको मृत्यु भए तापनि अहिलेसम्म कुनै आधिकारिक तथ्यांक बाहिर आएको छैन । युएइमा कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाउने कार्य जारी रहेको छ ।युएईको कन्सुलर सेवा स्थगित
योगेन्द्र योगी
दोहा– संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूताबासमा कार्यरत केही कर्मचारीलाई कोभिड–१९ को संक्रमण भएको भन्दै कन्सुलर सेवाहरू केही समयका लागि स्थगित गरिएको जनाएको छ ।
दूताबासले सूचना जारी गर्दै यहाँ सेवा लिन आउनेहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने केही कर्मचारीहरूमा कोभिडको संक्रमण भई आवश्यक स्वास्थ्य सावधानी अपनाउनु पर्ने भएकाले कन्सुलर सेवाहरू ६ माघदेखि केहि दिनका लागि बन्द गरिएको जनाएको छ ।
दूताबासका अनुसार राहदानी, यात्रा अनुमति, भिसा, अधिकृत वारेसनामा, मागपत्र प्रमाणीकरणलगायत अन्य कागजात प्रमाणीकरणको काम स्थगन भएको छ । संक्रमणमुक्त भएको सुनिश्चिता गरी स्थगित सेवाहरू यथाशिघ्र पुनः सुचारु गरिने जनाएको छ । साथै अत्यन्त जरूरी एवं भौतिक उपस्थितिबिना लिन सकिने सेवाहरू भने यथावत् प्रदान गरिने पनि दूताबासले जनाएको छ ।
यो समाचार तयार पार्दासम्म युएईमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ५६ हजार ७३२ पुगेको छ । उपचारपछि निको हुनेको संख्या २ लाख २८ हजार ३६४ पुगेको छ भने मृत्यु हुनेको संख्या ७५१ रहेको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यहाँ कोरोनाका करण धेरै नेपालीहरूको मृत्यु भए तापनि अहिलेसम्म कुनै आधिकारिक तथ्यांक बाहिर आएको छैन । युएइमा कोरोनाविरुद्धको खोप (भ्याक्सिन) लगाउने कार्य जारी रहेको छ ।

Published On: Time : 3:39:56  

तपाईको प्रतिक्रिया