‘म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने तयारी भएकै छैन’

काठमाडौं– सरकारले वैदेशिक रोजगार व्यवसायी (म्यानपावर) हरूलाई शाखा कार्यालय विस्तारका लागि अनुमति दिने तयारी अगाडी बढिनसकेको वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले बताएका छन् ।

बुधबार प्रभाव दैनिकसँगको कुराकानीमा विभागले म्यानपावरलाई शाखाका कार्यालय खोल्न दिने कि नदिने भन्ने विषयमा छलफल मात्र गरिरहेको र शाखा कार्यालय खोल्नै दिने भनेर तयारी भने गरिनसकेको उनले बताए ।
उनले भने, ‘म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने नदिने भन्ने विषयमा कुनै निर्णय भएको छैन । अहिले केवल यसबारेमा अनौपचारिक छलफलमात्र चलिरहेको छैन । निर्णय नभईकन यसबारे तयारी वा निर्णय भइरहेको छ मिल्दैन ।’

बुधबार म्यानपावर कम्पनीका साझा संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघ नेपालले विभागसँग शाखा कार्यालय खोल्ने सहमती भएको जनाइएको छ । संघले विभागसँग शाखा कार्यालय खोल्ने सहमति भएको भनेर बुँदाको पहिलो नम्बरमा उल्लेख गरेको छ ।

यस विषयमा संघसँग कुनै सहमति नभएको विभागका महानिर्देशक दाहालले प्रभाव दैनिकसँगको कुराकानीमा बताएका छन् । उनका अनुसार संघले ‘शाखा कार्यालय खोल्ने सहमति’ भनेर भोलि शाखा कार्यालय खोल्न नदिइए के गर्ने ? यसकारण सहमति लेख्नुभन्दा अघि विभागले यससम्बन्धि सूचना जारी गरिसक्नुपर्ने उनले बताएका छन् । शाखा कार्यालय खोल्न ऐनले नरोकेको र यस विषयमा तत्काललाई यहीँ भन्न नसकिने उनले बताए ।

त्यसो त म्यानपावरलाई शाखा कार्यालय खोल्न दिने भन्ने कुनै नयाँ खबर भने होइन । यसअघि पनि म्यानपवारलाई शाखा कार्यालय खोल्न अनुमति दिइएको थियो तर, उपत्यकाबाहिर ठगी बढेको र नियमनमा समस्या भएको भन्दै विभागले शाखा खोल्न बन्द गरेको थियो ।

विभागका अनुसार हाल २७ वटा म्यानपावरले शाखा कार्यालय खोल्न अनुमति पाएका छन् । म्यानपावर व्यवसायीले भने कसैले पाउने कसैले नपाउने भन्दै अन्य व्यवसायीले जस्तै आफूले पनि शाखाका कार्यालय खोलन अनुमति पाउनुपर्ने माग राख्दै आएका छन् ।

तर, अहिले अवैध एजेन्ट (दलाल) ले घर भाडामा लिने र शाखा कार्यालय देखाएर ठगी धन्दा चलाएपछि विभागले शाखा कार्यालय खोल्न दिने कि भनेर छलफल चलाएको विभागका महानिर्देशक दाहाल बताउछन् । उनका अनुसार ढिलो चाँडो यस विषयमा उत्तम निर्णय गरेर अघि बढिनेछ ।

उनी भन्छन्, ‘म्यानपावरहरूलाई शाखा खोल्न नदिँदा जिल्लामा झनै दलालहरू सक्रिय भए, ठग्ने मनासयबाटै प्रेरित भएर श्रमिकसँग पैसा उठाउने र विभिन्न बहानामा दुःख दिने गर्ने प्रवृत्ति बढेपछि त्यसलाई रोक्न यस्तो व्यवस्था प्रभावकारी हुनसक्छ कि भन्ने सोचमा छौँ ।’

विभागमा व्यवसायीहरूको घुइँचो
पछिल्लो समय विभागमा म्यानपावर व्यवसायीहरूको घुइँचो नै लाग्न थालेको छ । विभागका एक कर्मचारीका अनुसार दैनिक अनेक समस्या र आग्रह लिएर म्यानपावर व्यवसायीहरू विभागमा आउने गरेका छन् ।

पछिल्लो समय विभागले अनुगमन र छापा हान्न थालेपछि म्यानपावर व्यवसायीहरू त्रसितमात्र होइनन् विभागविरुद्ध नाराबाजीमै उत्रिएका पनि छन् । तर, पनि विभागले उनीहरूको कुनै आवाज नसुनी आफ्नो रफ्तारमा अघि बढिरहेको ती कर्मचारी बताउछन् ।

केही दिनअघि विभागको टोली उपत्यकाबाहिर पुगेर म्यानपावरमा अनुगमनसहित त्रुटी भेटिएका कम्पनीमाथि कारबाही गरिसकेको छ । विभागका ती कर्मचारीका अनुसार अुनगमनमा खटिएको टोलीले प्रत्येक प्रदेशमा कम्तिमा एक–एक वटासम्म शाखा कार्यालय खोल्न दिन सकिने भन्नेबारे पनि सुक्ष्म अध्ययन गरेर फर्किएको छ ।

Published On: Time : 6:34:47  

तपाईको प्रतिक्रिया