बैंकिङमा आकर्षण कायमै

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार बैंकिङ समँहमा लगानीकर्ताको आकर्षण बढ्दा नेप्से सँचकले नयाँ रेकर्ड कायम गरेको छ । पछिल्लो केहिदिन यता नयाँ रेकर्ड बनाउँदै आएको नेप्से सँचक बिहीबार पनि २५ अंकले बढेर नयाँ रेकर्ड कायम भएको हो ।

बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरू बढेर हरियाली देखिँदा बिमा र लघुवित्तहरूको सबइन्डेक्स भने घटेर राताम्मे देखिएका छन् । बुधबार मुस्किलले ८ अर्ब रूपैयाँ भएपनि बिहीबार भने कारोबार रकम पनि ९ अर्ब रूपैयाँ नजिक पुगेको छ । कारोबार रकम ८ अर्ब ७६ करोड रूपैयाँ नाघेको छ ।

बिहीबार नेप्से सँचक २५.२३ अंकले बढेर २६३६.६८ बिन्दुमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले बढेर ४१८.७८ विन्दुमा पुगेको छ । यसदिन कारोबार रकम पनि झण्डै ९ अर्ब नजिक पुगेको छ । २०६ वटा कम्पनीको १ करोड ९६ लाख कित्ता सेयर ८ अर्ब ७६ करोड २१ लाख रूपैयाँमा खरिद बिक्री भएको छ ।

बिहीबार नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमँल्यमा सकारात्मक सर्किट लाग्दा अन्य उपसमँहको सँचक सबैभन्दा धेरै २.६ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमँहको सँचक पनि २.४५ प्रतिशत र बैंकिङ उपसमँहको सँचक १.२२ प्रतिशतले बढेको छ ।
‘क’ वर्गका कम्पनीहरूको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा धेरै बिहीबार व्यापार समँहको सबइन्डेक्स बढेको छ । यो समँहको सबइन्डेक्स २.४५ प्रतिशतले बढेको छ भने विकास बैंक २.३३ अंकले बढेको छ । बैंकिङ सबइन्डेक्स १.२२ प्रतिशतले बढेको छ , निर्जिवन बिमा समँहको सबइन्डेक्स भने ०.३८ प्रतिशतले घटेको छ भने जीवन बिमाको ०.६२ प्रतिशतले घटेको छ । लघुवित्त समँह पनि ०.५९ अंकले घटेको छ ।

आठ कम्पनीको सेयर सर्किट लेभलमा
बिहीबार कारोबारमा आएका कम्पनीहरूमध्ये ८ वटा कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । नेपाल हाइड्रोको सेयरमँल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बेंकको ९.९४ प्रतिशत, बेस्ट फाइनान्सको ९.८८ प्रतिशत, सिभिल बैंकको ९.८७ प्रतिशत र नेपाल इन्फ्रास्टक्चर बैंकको सेयरमँल्य ९.८६ प्रतिशतले बढेको छ ।

यता मिर्मिरे माइक्रोफाइनान्सको सेयरमँल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले घटेको छ भने हिमालयन ऊर्जा विकास कम्पनीको ३.७० प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.६७ प्रतिशत, समुदायिक लघुवित्तको २.९८ प्रतिशत र अजोड इन्स्योरेन्सको २.९० प्रतिशतले घटेको छ ।

बिहीबार उच्च कारोबार हुनेमा अधिकांश वाणिज्य बैंक रहेका छन् । उच्च कारोबार हुने शीर्ष १० कम्पनीमा ७ वटा वाणिज्य बैंक रहेका छन् । यस दिन एनआइसी एसिया बैंकको सबैभन्दा धरै ५६ करोड १ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्टक्चर बैंकको ५० करोड ८२ लाख, सिभिल बैंकको २८ करोड ३८ लाख र ग्लोबल आइएमई बैंकको २६ करोड ९६ लाख रूपैयाँको सेयर कारोबार भएको छ ।

कुमारी क्यापिटलको इक्विटी फण्ड
कुमारी क्यापिटलले १४ फागुनदेखि सामँहिक लगानी कोष कुमारी इक्विटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याउने भएको छ ।कुमारी क्यापिटलले प्रतिइकाई १० रूपैयाँ अंकित दरमा ८० करोड रूपैयाँ बराबरको ८ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो । यो १० वर्षे बन्दमुखी प्रकृतिको योजना हो ।

फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको ६ करोड ८० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो । उक्त फण्डमा न्यँनतम १०० देखि ८० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । फण्डको इकाईमा १८ फागुनसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा फागुन २८ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पँर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

Published On: Time : 6:57:28  

तपाईको प्रतिक्रिया