विपिन र आँचललाई सम्मान

काठमाडौं– अभिनेता विपिन कार्की र अभिनेत्री आँचल शर्मालाई सम्मान गरिएको छ ।

बुधबार लक्की मिडिया हाउसको पाँचौ वार्षिकोत्सवको अवसरमा उनीहरूलाई चितवनमा सम्मान गरिएको हो । नेपाली फिल्म क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपँर्ण योगदान पुर्याएको भन्दै विपिन र आँचललाई सम्मान गरिएको लक्की मिडियाका महाप्रबन्धक हरि कार्की ‘लक्की’ ले जानकारी दिए ।


कार्यक्रममा पँर्व स्वास्थ्यमन्त्री तथा नेपाली कांंग्रेसका केन्द्रीय सदस्य गगन थापा, वरिष्ठ कलाकार तथा निर्देशक नीर शाह र लक्की मिडिया हाउसका महाप्रबन्धक कार्कीले विपिन र आँचललाई संयुक्त रूपमा सम्मान पत्रसहित दोसल्ला ओढाएर सम्मान गरेका थिए । सो अवसरमा चिकित्सक, शिक्षाकर्मी, व्यवसायी, सञ्चारकर्मी, समाजसेवी र खेलाडीहरूलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’, नेपाली कांंग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ, भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा झमक घिमिरेद्वारा लिखित पुस्तकमा निर्मित फिल्म ‘जीवन काँडा की फँल’ प्रदर्शन गरिएको थियो ।

Published On: Time : 7:13:47  

तपाईको प्रतिक्रिया