मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य


काठमाडौं– संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क अनिवार्य गरिएको कतारको दोहास्थित नेपाली दूताबासले जनाएको छ । सोमबार एक सूचना जारी गर्दै संस्थागत मागपत्र प्रमाणीकरणका लागि रोजगारदातालाई सेवा शुल्क अनिवार्य गरिएको जानकारी दिइएको हो ।

जारी सूचनामा भनिएको छ, ‘नेपालबाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका म्यानपावर कम्पनीलाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क अनिवार्य रूपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था लागू गरिएको छ ।’

आगामी १ मार्चदेखि मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क पूर्ण रूपमा लागू गरिने जनाइएको छ । रोजगारदाताले सेवा शुल्कसम्बन्धि प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण बुझाएको खण्डमा मागपत्र प्रमाणीकरण नगरिने दूताबास सूचनामा उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘उक्त सेवा शुल्कसम्बन्धि प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने व्यहोरासमेत सम्बन्धि सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Published On: Time : 6:13:28  

तपाईको प्रतिक्रिया